महिलामा किन हुन्छ सेतो पानी बग्ने समस्या ? कारण जान्नुहोस् « Khabarhub

महिलामा किन हुन्छ सेतो पानी बग्ने समस्या ? कारण जान्नुहोस्


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

प्रजनन् उमेरका महिलामा सामान्य सेतो पानी बग्नु स्वभाविक हो । तर, कहिलेकाहीँ सेतो पानी बग्नु सामान्य नहुन सक्छ ।

योनीमा संक्रमण भएर वा अन्य कारणले पनि पानी बग्न सक्छ । योनीमा बाहिरी वस्तु पसेको छ भने त्यसको संक्रमणले पनि पानी बग्न सक्छ ।

यदि महिलालाई योनीबाट अस्वभाविक रुपमा पानी बगेको जस्तो लागेको छ र त्यो गन्हाउँछ भने तुरुन्तै परीक्षण गर्नुपर्छ ।

किन बग्छ सेतो पानी ?

प्रजनन् उमेरका महिलामा महिनावारी हुने समय नजिकिएसँगै योनीबाट पातलो सेतो पानी बग्नु सामान्य हो । तर साना बालिकामा पनि यो समस्या देखियो भने चाहिँ यसलाई असामान्य मानिन्छ ।

बालिकाको योनीबाट पनि सेतो पानी बग्नुले संक्रमण भएको हुनसक्छ, त्यसैले यसको उपचार गर्नुपर्छ । तर किशोरी उमेरका मानिसमा यो समस्या देखापरे आत्तिनु पर्दैन ।

यस्तो समस्यामा सेतो पानीले भित्री वस्त्र भिजे पनि यो गन्हाउँदैन, योनी चिलाउँदैन । पानी आएका कारण योनी रसिलो हुनसक्छ । पेट दुख्ने, कम्मर दुख्ने हुँदैन ।

शारीरिक सम्बन्धको चाह हुँदा मात्र पानीको मात्रा बढ्न सक्छ । तर, जब योनीबाट अस्वभाविक रुपमा धेरै पानी बग्छ, र त्यो गन्हाउने छ, चिलाउने र दुख्ने हुन्छ भने त्यसको तत्काल उपचार गर्नुपर्छ । यसरी गन्हाउने सेतो पानी बग्नुमा पाठेघरको मुखको बाह्य सतह ताछिएर, मासु पलाएर, पाठेघर झर्ने (आङ् खस्ने) समस्या भएर, पाठेघर पछाडि फर्किएर, यौनाङ्गमा बाह्य वस्तु अड्किएर तथा लामो समयसम्म बिरामी हुँदा कारण बन्ने गर्दछ ।

उपचार

सामान्यतः पानी बग्नु चिन्ताको विषय होइन । महिनावारी भएको समयमा प्रयोग गरिने प्याड वा कपडा सफा नहुदा पनि संक्रमण बढ्ने भएकाले यस्तो बेला छिटो–छिटो प्याड वा कपडा फेर्ने, सुती कपडाले बनेका भित्री पहिरनको प्रयोग गर्ने बानी बसाउनु पर्छ ।

सरसफाइ गर्ने नाममा पिसाब फेरेपछि प्रत्येक पटक योनी धुने वा कहिल्यै नधुने गर्दा पनि संक्रमण हुने सम्भावना हुन्छ ।

कहिलेकाही महिलामा लुकेर रहेका अन्य रोग, महिनावारी भएको समयमा किटाणुको संक्रमण लगायका कारणले पनि यो समस्या हुनसक्छ ।

यदि उक्त समस्या क्यान्डिडा, धातुमेह, क्लामाइडिया, ट्राइकोमोनास लगायतको संक्रमणका कारणले भएको हो भने महिलाका पार्टनरले पनि उपचार गर्नुपर्छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ७ : २० बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना