के तपाईंमा सपिङको लत छ ? कम गर्ने ७ उपाय « Khabarhub

के तपाईंमा सपिङको लत छ ? कम गर्ने ७ उपाय


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै मानिसमा सपिङ अर्थात किनमेल गर्ने शौख हुन्छ । बजारमा जानासाथ देखिएका आर्कषक वस्तु किन्न जो कोहीलाई मन लाग्छ ।

तर केही मानिसमा भने सपिङको लत नै हुन्छ । जसले अनावश्यक रुपमा धनको हानी त गर्छ नै साथै किनमेलमा समय र ऊर्जा पनि खर्च हुने गर्दछ ।

यतिमात्र होइन, अनावश्यक वस्तुसमेत घर भित्रिन्छन् । यस्तोमा तत्काल दुई उपाय मनमा आउन सक्छ । पहिलो किनमेलमा नजाने र दोस्रो किनमेल नै बन्द गर्ने । यो दुवै जुक्ति लायक हुँदैनन् । त्यसो भए सपिङको लत छुटाउन के गर्ने त ? हामी केही टिप्सहरु दिदैछाँै, जसबाट तपाईं आफूमा भएको सपिङको लत छुटाउन सक्नुहुन्छ ः

१. आवश्यकता पहिचान गर्ने

बजारमा सपिङ गर्न जाँदा आफूलाई घरमा के वस्तु चाहिएको हो त्यो वस्तुको मात्र खोजी गर्ने । साथै, आवश्यकता भएकाभन्दा बाहिरको सामान जति नै सस्तो वा सुलभ भए पनि काम लाग्छ भनेर नकिन्ने ।

२. कम उपभोग गर्ने

घरमा भएका सामाग्रीको सकेसम्म कम उपयोग गर्ने बानी बसाउनु पर्छ । आवश्यकताभन्दा बढी मात्रामा कुनै पनि वस्तुको प्रयोग गर्दा त्यो चाँडै सकिन्छ र पुनः त्यसको आवश्यकता हुन्छ । त्यसैले कुनै पनि वस्तुको प्रयोग गर्दा चाहिने जति मात्र लिनुपर्छ ।

३. अन्तिमसम्म उपभोग गर्ने

विशेषत धेरै मानिसमा कुनै सामाग्री पूर्ण रुपमा नसकी अर्को किन्ने बानी हुन्छ । यस्तोमा घरमा अलिकति बाकी छँदै बजारमा अर्काे किनिन्छ र घरमा भएको सामाग्री फ्याकिने सम्भावना उच्च हुन्छ ।

त्यसैले कुनै पनि वस्तु प्रयोगमा आउन्जेल अर्थात अन्तिमसम्म प्रयोग गर्नुपर्छ ।

४. पुनः प्रयोग गर्ने

कतिपय सामाग्री पुनः प्रयोग गर्न मिल्ने हुन्छन् । तर हामी त्यसलाई एक पटक वा दुई पटक प्रयोग भएपछि फ्याक्ने गर्दछौँ । जबकी त्यसको पुनः प्रयोग गर्न सकेको खण्डमा बजारमा सपिङ गर्ने लतमा कमी आउँछ ।

५. मन भुलाउन अरु काम

केही मानिस मन भुलाउन वा फ्रेस हुन बजार जाने गर्दछन् । तर फ्रेस हुनका लागि बजार जानु र सपिङ गर्नु मात्र विकल्प होइन । पुस्तक पढ्नु, पार्क घुम्नु, आफन्तकोमा जानु वा घरमा रहनु पनि मन भुलाउने उपाय हुन् । यसो गर्नाले पनि सपिङको लतमा बिस्तारै कमी आउँछ ।

६. अरुको नक्कल नगर्ने

सपिङ गर्ने मूख्य लत भनेको अरुको नक्कल गर्ने कारणले पनि हुने गर्दछ । यदि तपार्इं कसैकोमा जानु भयो । त्यहाँ केही सामाग्री देख्नु भयो भने त्यो वस्तु किन्ने वा घर भित्र्याउने चाहना हुन जान्छ । यस्तोमा अरुको नक्कल गर्ने नाममा सपिङ गर्ने काम बन्द गर्नुपर्छ ।

७. खर्चको हिसाब किताब गर्ने

सपिङ गर्ने लत छुटाउनका लागि सबैभन्दा राम्रो विकल्प भनेको खर्चको हिसाब किताब गर्नु हो । खर्च गरेको रकम सबै लेखेर राख्नाले कति धन सपिङमा आफूले नाश गरिरहेको छु भन्ने जानकारी पाइन्छ । तसर्थ खर्चको हिसाब किताब गर्ने बानी बसाउनु होला ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ७ : ३५ बजे

स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको पारिश्रमिक बढाउन सांसद शाहीको प्रस्ताव

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर

त्यो ‘सूर्य ओढार’ मात्र होइन !

कपिलवस्तु — कपिलवस्तुको सीमा नजिकै पर्छ, सूर्य ओढार । बाणगङ्गा

बन्दपछि बन्दीपुर : पर्खाइमा ‘पहाडकी रानी’

डुम्रे — पछिल्ला दिन ‘पहाडकी रानी’ले परिचित बन्दीपुरमा आन्तरिक तथा

लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्र र जनमत पार्टी बाहिरिए

काठमाडौँ- लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्र र जनमत पार्टी बाहिरिएका

पहिचान माग्नु नैसर्गिक अधिकार हो, आन्दोलनमा जनता मारिनुपर्ने स्थितिको अन्त्य हुनुपर्छ : सांसद राई

काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा सांसद अशोक राईले कोशी प्रदेशमा पहिचानको नाममा