के तपाईंमा सपिङको लत छ ? कम गर्ने ७ उपाय « Khabarhub

के तपाईंमा सपिङको लत छ ? कम गर्ने ७ उपाय


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै मानिसमा सपिङ अर्थात किनमेल गर्ने शौख हुन्छ । बजारमा जानासाथ देखिएका आर्कषक वस्तु किन्न जो कोहीलाई मन लाग्छ ।

तर केही मानिसमा भने सपिङको लत नै हुन्छ । जसले अनावश्यक रुपमा धनको हानी त गर्छ नै साथै किनमेलमा समय र ऊर्जा पनि खर्च हुने गर्दछ ।

यतिमात्र होइन, अनावश्यक वस्तुसमेत घर भित्रिन्छन् । यस्तोमा तत्काल दुई उपाय मनमा आउन सक्छ । पहिलो किनमेलमा नजाने र दोस्रो किनमेल नै बन्द गर्ने । यो दुवै जुक्ति लायक हुँदैनन् । त्यसो भए सपिङको लत छुटाउन के गर्ने त ? हामी केही टिप्सहरु दिदैछाँै, जसबाट तपाईं आफूमा भएको सपिङको लत छुटाउन सक्नुहुन्छ ः

१. आवश्यकता पहिचान गर्ने

बजारमा सपिङ गर्न जाँदा आफूलाई घरमा के वस्तु चाहिएको हो त्यो वस्तुको मात्र खोजी गर्ने । साथै, आवश्यकता भएकाभन्दा बाहिरको सामान जति नै सस्तो वा सुलभ भए पनि काम लाग्छ भनेर नकिन्ने ।

२. कम उपभोग गर्ने

घरमा भएका सामाग्रीको सकेसम्म कम उपयोग गर्ने बानी बसाउनु पर्छ । आवश्यकताभन्दा बढी मात्रामा कुनै पनि वस्तुको प्रयोग गर्दा त्यो चाँडै सकिन्छ र पुनः त्यसको आवश्यकता हुन्छ । त्यसैले कुनै पनि वस्तुको प्रयोग गर्दा चाहिने जति मात्र लिनुपर्छ ।

३. अन्तिमसम्म उपभोग गर्ने

विशेषत धेरै मानिसमा कुनै सामाग्री पूर्ण रुपमा नसकी अर्को किन्ने बानी हुन्छ । यस्तोमा घरमा अलिकति बाकी छँदै बजारमा अर्काे किनिन्छ र घरमा भएको सामाग्री फ्याकिने सम्भावना उच्च हुन्छ ।

त्यसैले कुनै पनि वस्तु प्रयोगमा आउन्जेल अर्थात अन्तिमसम्म प्रयोग गर्नुपर्छ ।

४. पुनः प्रयोग गर्ने

कतिपय सामाग्री पुनः प्रयोग गर्न मिल्ने हुन्छन् । तर हामी त्यसलाई एक पटक वा दुई पटक प्रयोग भएपछि फ्याक्ने गर्दछौँ । जबकी त्यसको पुनः प्रयोग गर्न सकेको खण्डमा बजारमा सपिङ गर्ने लतमा कमी आउँछ ।

५. मन भुलाउन अरु काम

केही मानिस मन भुलाउन वा फ्रेस हुन बजार जाने गर्दछन् । तर फ्रेस हुनका लागि बजार जानु र सपिङ गर्नु मात्र विकल्प होइन । पुस्तक पढ्नु, पार्क घुम्नु, आफन्तकोमा जानु वा घरमा रहनु पनि मन भुलाउने उपाय हुन् । यसो गर्नाले पनि सपिङको लतमा बिस्तारै कमी आउँछ ।

६. अरुको नक्कल नगर्ने

सपिङ गर्ने मूख्य लत भनेको अरुको नक्कल गर्ने कारणले पनि हुने गर्दछ । यदि तपार्इं कसैकोमा जानु भयो । त्यहाँ केही सामाग्री देख्नु भयो भने त्यो वस्तु किन्ने वा घर भित्र्याउने चाहना हुन जान्छ । यस्तोमा अरुको नक्कल गर्ने नाममा सपिङ गर्ने काम बन्द गर्नुपर्छ ।

७. खर्चको हिसाब किताब गर्ने

सपिङ गर्ने लत छुटाउनका लागि सबैभन्दा राम्रो विकल्प भनेको खर्चको हिसाब किताब गर्नु हो । खर्च गरेको रकम सबै लेखेर राख्नाले कति धन सपिङमा आफूले नाश गरिरहेको छु भन्ने जानकारी पाइन्छ । तसर्थ खर्चको हिसाब किताब गर्ने बानी बसाउनु होला ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ७ : ३५ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको