के हो राहु र केतु ? यी ग्रहको दुष्प्रभावबाट बच्न के–के गर्ने (महाउपाय) « Khabarhub

के हो राहु र केतु ? यी ग्रहको दुष्प्रभावबाट बच्न के–के गर्ने (महाउपाय)


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

राहु केतुको नाम लिनसाथ धेरैको मनमा डरको भावना आउने गर्दछ । यी दुवै ग्रह क्रुर हुने र समस्या ल्याउने कारक मानिन्छन् ।

यी ग्रहका कारण अशुभ परिणामबाट व्यक्तिले कैयौं शारीरिक र मानसिक समस्या भोग्नुपर्ने हुन्छ । यी दुई ग्रहको अन्य ग्रह झै वास्तविक रूप वा आकार हुँदैन । यी दुवै छाया ग्रह हुन् । यी मध्ये राहु शीर हो भने केतु शरीर हो ।

यसैले शरीरको माथिल्लो भागमा कुनै समस्या भए राहु र शरीरको तल्लो भागमा कुनै समस्या आएमा केतु जिम्मेवार हुने गर्दछ । कुण्डलीमा यी दुबै ग्रहका कारण काल सर्प दोषको समेत निर्माण हुन्छ । अर्थात कुण्डलीमा राहु र केतुको बीचमा सबै ग्रह आउँछन् भने यसलाई काल सर्प दोष मानिन्छ ।

यदि कुनै राशिका जातकको कुण्डलीमा राहुको दशा वा महादशा चल्दछ भने सो ब्यक्तिले कैयौं समस्याको सामना गर्नुपर्ने हुन्छ । यदि कुनै राशिको जातकको कुण्डलीमा राहुको वक्र दृष्टि परेको छ भने उसको अगाडि संकटको लाम लाग्ने गर्दछट ।

यस्तै केतुको नकारात्मक प्रभावले व्यक्तिको जीवनमा अचानक संकट आउने हुनसक्छ । यस्तो अवस्थामा यी दुबै ग्रहसँग जोडिएका उपाय गरेर मात्र समस्याबाट मुक्ति पाउन सकिन्छ । राहु र केतुको प्रभावबाट बच्न निम्न उपाय गर्न सकिन्छ :

१०८ पटक राहु केतुको मन्त्र जाप गर्ने

राहुको मुख्य मन्त्र – ॐ भ्रां भ्रीं भ्रौं सः राहवे नमः
केतुको मुख्य मन्त्र – ॐ स्रां स्रीं स्रौं सः केतवे नमः

यी देवी देवताको पूजा गर्ने

राहु ग्रहको शान्तीको लागी माता दुर्गा भवानी तथा भैरव देवको आराधना गर्नुपर्छ । त्यस्तै केतु ग्रहको शान्तीका लागी गणेश भगवानको आराधना गर्नुपर्छ ।

के धारण गर्ने ?

राहु ग्रहको दुष्प्रभावबाट बच्न आठ मुखे रुद्राक्षको धारण गर्नुपर्छ । साथै केतुको दुष्प्रभावबाट बच्न नौ मुखे रुद्राक्ष वा अश्वगन्धाको जरा धारण गर्नुपर्छ ।

यी वस्तुको दान गर्ने

राहु ग्रहबाट मुक्ति पाउन जौँ, सरस्युँ, धातुका सिक्का, ७ प्रकारका अन्नको दान गर्नुपर्छ । त्यस्तै केतुबाट मुक्ति पाउन केरा, तिल, कालो कम्बल (ओढ्ने) लगायतका वस्तुको दान गर्नुपर्छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ७ : ४३ बजे

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता आज पनि जारी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश