सीडीओ आफैँ टिकट जाँच गर्न हिँडेपछि... | Khabarhub Khabarhub

सीडीओ आफैँ टिकट जाँच गर्न हिँडेपछि…


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- यातायात व्यवसायीले तोकिएको भाडा दरभन्दा बढी असुलेको गुनासो आएपछि सोमबार प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलगायत सरोकारवालाको टिमले यात्रुहरुको टिकट जाँच आफैं गरेको छ ।

गाडीभित्र गएर प्रत्येक यात्रुबाट टिकट मागेर बढी रकम फिर्ता गराई सचेत गराएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए । भेरी नगरपालिकाको कुदुमा गएर अनुगमन गर्दा बढी रकम लिएको फेला परेको हो ।

सदरमुकामभन्दा पैदल तीन घण्टा टाढाको दूरीमा रहेको कुदुमा पहिलोपटक प्रमुख जिल्ला अधिकारीलगायतको टोली गएर अनुगमन गरेको पहिलो घटना भएको स्थानीयवासीले बताएका छन् ।

गाडी चलाउने इन्धनमा समेत बढी शुल्क लिएको, स्थानीय पसलमा म्याद गुर्जेको सामग्री बिक्री वितरण गरेको पाइएपछि उक्त सामग्री नियन्त्रणमा लिएको उनले बताए । सदरमुकामभन्दा बाहिर भएका कारण सबैले ज्यादति गरिरहेको गुनासो बढिरहेको बेला जिल्लाका प्रशासक गाउँमै गएर अनुगमन गर्दा यात्रुहरुले राहतको अनुभव गरेको बताएका छन् ।

यात्रुबाट तोकिएभन्दा बढी भाडा लिएका यात्रुहरुका गाउँमै गएर बसभित्र टिकट जाँच गरिएको प्रहरीले बताएको छ । सदरमुकाममा सबै जिल्लाका प्रमुख हुने भएकाले कम समस्या देखिए पनि गाउँमा ठूलो समस्या भएको स्थानीयवासी बताउँछन् ।

कसैलाई जानकारी नदिई बसभित्र गएर अनुगमन थाल्नुभएका प्रजिअ पन्त गाडीभित्र गएपछि सबै यात्रुहरु मुखामुखसमेत भएका थिए । बढी भाडा लिएका यातायात व्यवसायीलाई बदमासी नगर्न सचेत गराइएको छ । जिल्लामा एक दर्जन समितिका यातायातका साधन सञ्चालनमा छन् ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ७ : ३३ बजे

विश्व टेबलटेनिस च्याम्पियनसिपको छनोट प्रतियोगिता सुरू

काठमाडौं– विश्व टिम टेबलटेनिस च्याम्पियनसिप २०२६ का लागि दक्षिण एसियाली

इन्द्रबहादुर बानियाँ दलको नेतामा विजयी

काठमाडौं– नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ पार्टीको बागमती प्रदेश संसदीय

पेरिसडाँडामा माओवादी बैठक, यी एजेन्डामा हुँदैछ छलफल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी

बागमतीमा एमालेले देउवाको निर्णय कुर्ने

काठमाडौं– सत्ता साझेदार नेकपा एमालेले बागमती प्रदेश सरकारबारे नेपाली कांग्रेसको

एएफसी यू-२० एसियन कप छनोट खेल्ने टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं-भुटानमा हुने एएफसी यू–२० महिला एसियन कप छनोट खेल्न जाने