बोइङको ७३७ म्याक्स संस्करण अब बन्द हुने « Khabarhub

बोइङको ७३७ म्याक्स संस्करण अब बन्द हुने


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी विमान निर्माता कम्पनी बोइङ्गले समस्याग्रस्त ७३७ म्याक्स संस्करणको विमान निर्माण अस्थायी रुपमा बन्द गर्ने भएको छ ।

बोइङ्गले आउँदो जनवरीदेखि अस्थायी रुपमा ७३७ म्याक्स सिरिजका जहाजको निर्माण बन्द गर्ने जनाएको बीबीसीले उल्लेख गरेको छ ।

दुई ठूला दुर्घटनामा ३०० जना भन्दा बढीको मृत्यु भएपछि पछिल्लो ९ महिनादेखि विश्वभर बोइङ्ग ७३७ म्याक्स संस्करणका विमान ग्राउण्डेड भएका छन् ।

बोइङ्गले यो संस्करणका विमानको उत्पादन भने रोकेको थिएन । इन्डोनेसिया र इथियोपियामा ७३७ म्याक्स विमान दुर्घटना हुँदा ३०० जना भन्दा बढीको मृत्यु भएको हो ।

अमेरिकी नियामक निकायले भने सो संस्करणको विमानलाई चाँडै नै उडानका लागि स्वीकृति प्रदान नगरिने स्पष्ट पारेको छ ।

अमेरिकाको वासिङ्गटन, सियाटलमा रहेको बोइङ्ग अमेरिकाको ठूलो विमान निर्माता कम्पनी मध्ये एक हो । यसले उत्पादन गरेका विमान विश्वका विभिन्न देशले किन्ने गरेका छन् ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ८ : ५६ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले