जामिया विश्वविद्यालयको घटनाबारे मोदीले दिएको अभिव्यक्तिको आलोचना « Khabarhub

जामिया विश्वविद्यालयको घटनाबारे मोदीले दिएको अभिव्यक्तिको आलोचना


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक संशोधन सम्बन्धी भारत सरकारले ल्याएको नयाँ कानूनको विरोध जारी छ । नयाँ कानूनको विरोधमा प्रदर्शन गरेका जामिया मिल्लिया विश्वविद्यालयका विद्यार्थीमाथि प्रहरीले गरेको ज्यादतिपछि विरोधले बिस्तारित रुपमा लिएको छ ।

जामिया विश्वविद्यालयमा तीन बसमा आगो लगाएको घटनाका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिको आलोचना भएको छ । मोदीले एक कार्यक्रममा जामिया विश्वविद्यालय बसमा आगो लगाउनेहरुलाई उनीहरुले लगाएको लुगाका आधारमा चिन्न सकिने बताएपछि उनको आलोचना भएको हो ।

अहिले सामाजिक सञ्जालमा समस्या समाधान गर्नुपर्ने बेला मोदीले आन्दोलन भड्काउने अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा तीब्र आलोचना भएको छ । नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले कांग्रेससहितका विपक्षी पार्टीले राजनीतिक फाइदाका लागि नागरिक संशोधन कानूनको विरोध गरेको र विरोध प्रदर्शनकारीलाई उक्साएको आरोप लगाएको छ ।

दिल्ली, पश्चिम बंगाल, आसामसहितका क्षेत्रमा विरोध प्रदर्शन भइरहेको छ । जामिया विश्वविद्यालय, दिल्ली विश्वविद्यालय, जेएनयू, टिआइएसएस, अलिगड मुस्लिम विश्वविद्यालय, लखनउको नदवा कलेज, हैदराबादको उर्दू विश्वविद्यालय, आइआइटी चेन्नई सहितका शैक्षिक संस्थानमा विरोध प्रदर्शन भइरहेका छन् ।

यसैबिच भारतको सर्वोच्च अदालतले जामिया विश्वविद्यालयमा भएको हिंसाका सम्बन्धमा सुनुवाई मंगलबार सुनुवाई गर्दैछ ।

हालै आएको नागरिकता संशोधन कानूनको विरोधमा जामियाका विद्यार्थीहरु आइतबार प्रदर्शनमा उत्रिएका थिए । नयाँ नागरिकता कानूनको विरोधमा भएको सो प्रदर्शनको क्रममा तीनवटा बसमा आगजनी भएको थियो र त्यसपछि झडप भएको थियो ।

जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयका उपकुलपति प्रोफेसर नजमा अख्तरले विश्वविद्यालयमा प्रहरीले गरेको कारवाहीको निन्दा गर्दै घटनाप्रति दुःख व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ९ : १९ बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र