चिसो बढेपछि विद्यार्थीको उपस्थिति घट्यो « Khabarhub

चिसो बढेपछि विद्यार्थीको उपस्थिति घट्यो


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- एक/डेढ हप्तायता आएर मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि उदयपुरका विभिन्न विद्यालयमा बिद्यार्थीको उपस्थिति घट्न थालेको छ ।

ह्वात्तै चिसो बढेपछि अहिले जिल्लाका बेलका नगरपालिका, चौदण्डी नगरपालिका, त्रियुगा नगरपालिकाका विद्यालयसहित पहाडी क्षेत्रका विद्यालयमा कक्षा १ देखि ५ सम्मका कक्षामा विद्यार्थीको उपस्थिति घट्न थालेको सम्बन्धित विद्यालयका शिक्षक बताउँछन् ।

चिसो बढे्दै गएपछि रौतामाई गाउँपालिकाको वडा नं ४ सल्ले, मलबाँसे बोलुङखा क्षेत्रका विद्यालयका तल्ला तहका कक्षका विद्यार्थीको उपस्थितिको सङ्ख्या ५० प्रतिशतभन्दा बढीले घटेको रौता जनता मावि सल्लेका प्राचार्य लक्ष्मी घिमिरे बताउँछन् ।

चिसो बढ्न थालेपछि विद्यार्थी विद्यालय आउन नसक्ने अवस्था भएका कारण पनि घरमै बस्न थालेका पञ्चकन्या आधारभूत विद्यालय रौता हात्तीपाइलेका शिक्षक घनश्याम राईले बताए ।

जिल्लाको तराई क्षेत्रको त्रियुगाको जोगीदह र खैजनपुर तथा चौदण्डी नगरपालिकाको जनता मावि हँडिया, सुन्दपुर मावि सिवाइ र बेलका क्षेत्रमा समेत चिसो बढेसँगै तल्ला कक्षाका विद्यार्थीको उपस्थिति न्यून हुन थालेको शिक्षक बताउँछन् ।

बिहान अबेलासम्म हुस्सु लाग्ने र निकै चिसो बढ्दै गएका कारण साना नानी विद्यालय जान नमान्ने र चिसोका कारण नसक्ने अवस्थासमेत रहेको चौदण्डी–३ हँडियाका कमलनारायण चौधरी बताउँछन् ।

अहिले ह्वात्तै चिसो बढेका कारण जिल्लाका केही विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दा पठनपाठनमा प्रभाव पर्न थालेको राष्ट्रिय जनता मावि त्रिनपा बगाहाका शिक्षक अर्जुन खड्काले बताए ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  १० : १५ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको