गोली लोड गरिएको ‘सरकारी पेस्तोल’ लिएर महिला प्रहरीका प्रेमी फरार « Khabarhub

गोली लोड गरिएको ‘सरकारी पेस्तोल’ लिएर महिला प्रहरीका प्रेमी फरार


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– उच्च अदालत जनकपुरकी न्यायाधीश शकुन्तला घिमिरेको सुरक्षामा खटिएकी महिला प्रहरी (जवान)का प्रेमी गोली लोड गरिएको पेस्तोल लगेर फरार भएका छन् ।

न्यायाधीश घिमिरेको शुरक्षा गार्डका रुपमा कार्यरत प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी ७ राउण्ड गोली लोड गरिएको पेस्तोल लगेर फरार भएका हुन् ।

जनकपुरको भैरव चोकमा डेरा गरी बस्दै आएकी प्रहरी जवान केवटलाई भेट्न आएका प्रेमी गोली लोड गरिएको पेस्तोल लगेर फरार भएका हुन् ।

प्रहरी जवान केवटले नै आफ्नो हतियार ‘हराएको’ भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा ‘जानकारी’ गराएकी थिइन् ।

हतियार हराएको सूचनाकै आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी जवान केवटमाथि अनुसन्धान थालेको छ ।

अहिले प्रहरी जवान केवट धनुषा प्रहरीको नियन्त्रणमा छिन् । प्रहरी कार्यालयको जिन्सी तथा बन्दोबस्ती शाखाका कर्मचारीले लिएको बयानका क्रममा केवटले आफ्ना प्रेमीले पेस्तोल लगेर गएको हुनसक्ने बताएकी छन् ।

बयानका क्रममा केवटले आफ्ना प्रेमीको केही व्यक्तिसँग विवाद भएको र उनीहरुलाई नै ‘डराउनका लागि हतियार लगेको हुनसक्ने’ बयान दिएकी छन् ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ११ : ५२ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको