उन्नाव बलात्कार प्रकरण– भाजपा नेता सेङ्गर दोषी ठहर « Khabarhub

उन्नाव बलात्कार प्रकरण– भाजपा नेता सेङ्गर दोषी ठहर


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– एक किशोरीमाथि बलात्कार गरेको आरोपमा भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का नेता दोषी ठहर भएका छन् ।

भाजपाबाट उत्तर प्रदेशको विधानसभामा निर्वाचित भएका कुलदीप सिंह सेङ्गर बलात्कार अभियोगमा दोषी ठहर भएका हुन् ।

सन् २०१७ मा एउटा १७ वर्षीया किशोरीमाथि सेङ्गरले बलात्कार गरेको घटना सार्वजनिक भएको थियो ।

किशोरीले गत सन् २०१८ मा नै प्रहरीमा सेङ्गरविरुद्ध उजुरी दिएपनि प्रहरीले मुद्दा चलाउन मानेको थिएन ।

प्रहरीले मुद्दा चलाउन नमानेपछि पीडित किशोरीले आत्मदाह गर्न खोजेकी थिइन् ।

अन्नतः दिल्लीस्थित तीस हजारी कोर्टले भाजपाका नेता सेङ्गरलाई अपहरण र बलात्कारको मुद्दा दोषी ठहर गरेको छ । अदालतले उनलाई आजीवन काराबासको सजाय सुनाएको छ ।

भारतको सर्वोच्च अदालतको आदेशानुसार उक्त मुद्दा भारतको लखनउस्थित अदालतबाट दिल्ली अदालतमा सारिएको थियो ।

‘उन्नाव बलात्कार प्रकरण’ चर्चित उक्त मुद्दामा प्रहरीले भाजपा नेतालाई जोगाउन खोजेको भन्दै भारतमा त्यसको व्यापक विरोध भएको थियो ।

भाजपा नेता सेङ्गरले पीडित किशोरीलाई जागिर दिने प्रलोभन देखाएर अपहरण गरी बलात्कार गरेका थिए ।

सेङ्गरमाथि बलात्कारको आरोप लागेपछि पीडित किशोरीलाई मार्ने षड्यन्त्र भएको विषय पनि चर्चामा आयो ।

पीडित किशोरी गत जुलाई महिनामा एउटा शंकास्पद सडक दुर्घटनामा परेकी थिइन् । उक्त दुर्घटनामा पीडित किशोरीका २ जना नातेदारको मृत्यु भएको थियो भने उनका वकिल पनि घाइते भएका थिए ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  १२ : ०८ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी