विद्या भट्टराईले लिइन् प्रतिनिधिसभा सदस्यको शपथ « Khabarhub

विद्या भट्टराईले लिइन् प्रतिनिधिसभा सदस्यको शपथ


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत मंसिर १४ गते सम्पन्न उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् ।

प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्वाहाङफेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा निधन भएपछि कास्की २ मा उपनिर्वाचन भएको थियो ।

दिवंगत नेता अधिकारीकी पत्नी सत्तारुढ नेकपाबाट कास्की २ को उम्मेदवार बनेकी थिइन् । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई पराजित गर्दै संघीय संसदको सांसदमा निर्वाचित भएकी भट्टराईले आफू कास्कीको विकासका लागि प्रतिवद्ध भएर लाग्ने बताइन् ।

‘उपनिर्वाचनमार्फत संघीय सांसदका रुपमा निर्वाचित भएर शपथ ग्रहण गर्दा मैले मुख्यतः २ वटा जिम्मेवारी पूरा गर्नुपर्ने सम्झिएकी छु,’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै भट्टराईले भनिन्, ‘पहिलो विकास र त्यसपछि नीति निर्माणलाई प्राथमिकता दिन्छु ।’

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  १ : ४८ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद