विद्या भट्टराईले लिइन् प्रतिनिधिसभा सदस्यको शपथ « Khabarhub

विद्या भट्टराईले लिइन् प्रतिनिधिसभा सदस्यको शपथ


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत मंसिर १४ गते सम्पन्न उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् ।

प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्वाहाङफेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा निधन भएपछि कास्की २ मा उपनिर्वाचन भएको थियो ।

दिवंगत नेता अधिकारीकी पत्नी सत्तारुढ नेकपाबाट कास्की २ को उम्मेदवार बनेकी थिइन् । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई पराजित गर्दै संघीय संसदको सांसदमा निर्वाचित भएकी भट्टराईले आफू कास्कीको विकासका लागि प्रतिवद्ध भएर लाग्ने बताइन् ।

‘उपनिर्वाचनमार्फत संघीय सांसदका रुपमा निर्वाचित भएर शपथ ग्रहण गर्दा मैले मुख्यतः २ वटा जिम्मेवारी पूरा गर्नुपर्ने सम्झिएकी छु,’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै भट्टराईले भनिन्, ‘पहिलो विकास र त्यसपछि नीति निर्माणलाई प्राथमिकता दिन्छु ।’

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  १ : ४८ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को