सुदूरपश्चिम प्रदेशमा छैनन् लैङ्गिकमैत्री शौचालय « Khabarhub

सुदूरपश्चिम प्रदेशमा छैनन् लैङ्गिकमैत्री शौचालय


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा लैङ्गिकमैत्री शौचालय निर्माण नहुँदा समस्या हुने गरेको छ ।

यहाँका जिल्लामा भएका सार्वजनिक शौचालय लैङ्गिकमैत्री नभएको पाइएको हो । सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली तथा यहाँका अन्य पहाडी जिल्लाका सदरमुकाममा निर्माण गरिएका सार्वजनिक शौचालयमा पुरुष र महिला समावेश गरिएको भए पनि महिला समलिङ्गी, पुरुष समलिङ्गी, तेस्रो लिङ्गी र अन्तरलिङ्गीका लागि त्यस्ता सार्वजनिक शौचालय कुनै ठाउँमा निर्माण नभएको सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासङ्घका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

‘लैङ्गिकमैत्री शौचालय भनेर केबल पुरुष र महिलालाई मात्र समावेश गरी निर्माण गरेका छन्, तर, थर्ड जेन्डर महिला र पुरुषका लागि भनेर छुट्टै किसिमका शौचालय अहिलेसम्म कुनै पनि ठाउँमा निर्माण भएका छैनन्,’ उनले भने ।

समलिङ्गीका लागि कस्तो शौचालय बनाउने भन्ने खबर तथा जानकारी नभएको र त्यस्तो विषयमा कुनै पनि सङ्घसंस्था र व्यक्तिबाट पनि आजसम्म आवाज नआएकाले लैङ्गिकमैत्री शौचालय निर्माण गर्न नसकिएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए ।

लैङ्गिकमैत्री शौचालय नहुँदा यहाँका कतिपय यस्ता वर्गलाई शौच गर्नमा समस्या हुने गरेको डोटी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नरेन्द्रबहादुर खड्काले बताए । उनले भने, “लैङ्गिकमैत्री शौचालय नहुँदा यहाँका कतिपय त्यस्ता वर्गलाई समस्या भएको छ, जो चाहेर पनि समाजमा भन्न सकिरहेका छैनन् ।”

देशका अन्य स्थानमा त्यस्ता लैङ्गिकमैत्री शौचालय बनेका भए पनि सुदूरपश्चिम प्रदेशमा लैङ्गिकमैत्री शौचालय निर्माण गर्नमा खासै कसैले चासो नदेखाएको सामुदायिक विकास मञ्च डोटीका पूर्वअध्यक्ष भक्तबहादुर सिंहले बताए। उनले सुदूरपश्चिम प्रदेशले पनि लैङ्गिकमैत्री शौचालय निर्माण गर्नुपर्नेमा जोड दिए ।

विसं २०६४ मा नेपालगञ्जलगायता पश्चिमी क्षेत्रमा लैङ्गिकमैत्री शौचालय निर्माण कार्यको थालनी गरिएको जानकारहरु बताउँछन् । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा लैङ्गिकमैत्री शौचालय निर्माण गरिनुपर्ने स्थानीयवासीले माग गर्दै आएका छन् ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ३ : ३६ बजे

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ