नेकपा बैठक: अध्यक्ष र महासचिवको प्रतिवेदनमाथि आज १३ सदस्यले राखे धारणा « Khabarhub

नेकपा बैठक: अध्यक्ष र महासचिवको प्रतिवेदनमाथि आज १३ सदस्यले राखे धारणा


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक लम्बिएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि नेताहरुले आफ्नो धारणा राखिरहेका छन् ।

दुई दिनका लागि भनेर बोलाइएको बैठकको तेस्रो दिनसम्म जम्मा २५ जनाले सदस्यले मात्र धारणा प्रस्तुत गरेको छन् ।

प्रतिवेदनमाथि सोमबार १२ जना सदस्यले टिप्पणी गरेका थिए भने मंगलबार १३ गरी २५ जनाले आफ्नो धारणा राखेका छन् ।

४५ सदस्यीय नेकपाको स्थायी समितिमा अझै २० जनाले बोल्न बाँकी छ । बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली अनुपस्थित छन् ।

नेताहरुको धारणा राख्ने क्रम नसकिएपछि बैठक पुनः भोलि विहान ११ बजेका लागि बोलाइएको छ । सम्भवतः पर्सि नेताहरुले बोल्ने क्रम सकिनेछ । त्यसपछि अध्यक्ष प्रचण्डले जवाफ लिनेछन् र, स्थायी कमिटी बैठक सकिनेछ ।

मंगलबार १३ जनाले छलफलमा भाग लिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए । मंगलबारको बैठकमा सहभागी सवै स्थायी समिति सदस्यहरुले अध्यक्ष र महासचिवले प्रस्तुत गरेका दुवै प्रतिवेदन सकारात्मक भन्दै केही सुझावहरु समेत पेश गरेका छन् ।

मंगलबार राजनीतिक र विधान संशोधनबारेका प्रस्तावबारे आमन्त्रित सदस्यद्वय नन्दकुमार प्रसाई र विष्णुपुकार श्रेष्ठसहित सुरेन्द्र पाण्डे, अमृत बोहोरा, बेदुराम भुषाल, शंकर पोखरेल, रघुवीर महासेठ, केशव बडाल, लेखराज भट्ट, घनश्याम भुषाल शक्ति बस्नेत मणि थापा र जनार्दन शर्माले छलफलमा भाग लिएका हुन् ।

आइतबारबाट सुरु भएको बैठकमा प्रतिवेनमाथि सोमबारबाट मात्रै छलफल सुरु भएको थियो ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ५ : ५४ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्