नेपाल–भारत ‘संयुक्त सैन्य अभ्यास’ सम्पन्न « Khabarhub

नेपाल–भारत ‘संयुक्त सैन्य अभ्यास’ सम्पन्न


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–भारत संयुक्त सैन्य सम्पन्न भएको छ । एक्स सूर्य किरण १४औं श्रृंखलाको बलाधिकृत रथी शरदकुमार गिरी र भारतीय सेनाका मेजर जेनरल गोपाल गुरुङले सोमबार समापन गरेका हुन्।

सेनाको ब्याटल स्कुल रुपन्देहीको सालझण्डीमा समापन कार्यक्रम आयोजना गरिएको हो । समापन कार्यक्रममा सहभागी भारतीय सेनाका मेजर गुरुङ पर्यवेक्षकका रुपमा नेपाल आएका हुन्।

संयुक्त सैन्य अभ्यासमा भारतीय स्थल सेनाका सैनिक अधिकृत र जवान गरी ३ सय जना सहभागी भएका थिए । नेपालबाट समेत सोही सख्यामा सैन्य अधिकृत र जवान सहभागी भएका हुन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार संयुक्त सैन्यअभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान भएको थियो।

यस किसिमको अभ्यासले दुई देश बीच सदियौं देखि कायम रहेको मैत्रिपूर्ण सैन्य सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास नेपाली सेनाले लिएको छ ।

सैनिक ब्याटल स्कुल रुपन्देहीको सालझण्डीमा मंसिर १७ देखि संचालन भएको थियो।

एक्स सूर्य किरण प्रतिविद्रोह तथा जंगल वारफेयर, प्राकृतिक विपत्ती र प्रतिआतंकबादमा हेलिकोप्टरको समेत प्रयोग गरी संचालन हुने सैन्य अभ्यास हो।

यस किसिमको सैन्य अभ्यास नेपाल र भारतमा वर्षेनी आलोपालो गरि सञ्चालन हुने गरेको छ । अघिल्लो वर्ष भारतमा भएको थियो। नेपाल–भारत बीचको संयुक्त सैन्य अभ्यास एक्स सूर्य किरण २०६७ सालबाट सुरुवात भएको हो।

यसैबीच नेपाल भ्रमणमा रहेका भारतीय सेनाका मेजर जेनरल गुरुङले प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेका थिए। भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ८ : १७ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज