नेपाल–भारत ‘संयुक्त सैन्य अभ्यास’ सम्पन्न « Khabarhub

नेपाल–भारत ‘संयुक्त सैन्य अभ्यास’ सम्पन्न


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–भारत संयुक्त सैन्य सम्पन्न भएको छ । एक्स सूर्य किरण १४औं श्रृंखलाको बलाधिकृत रथी शरदकुमार गिरी र भारतीय सेनाका मेजर जेनरल गोपाल गुरुङले सोमबार समापन गरेका हुन्।

सेनाको ब्याटल स्कुल रुपन्देहीको सालझण्डीमा समापन कार्यक्रम आयोजना गरिएको हो । समापन कार्यक्रममा सहभागी भारतीय सेनाका मेजर गुरुङ पर्यवेक्षकका रुपमा नेपाल आएका हुन्।

संयुक्त सैन्य अभ्यासमा भारतीय स्थल सेनाका सैनिक अधिकृत र जवान गरी ३ सय जना सहभागी भएका थिए । नेपालबाट समेत सोही सख्यामा सैन्य अधिकृत र जवान सहभागी भएका हुन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार संयुक्त सैन्यअभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान भएको थियो।

यस किसिमको अभ्यासले दुई देश बीच सदियौं देखि कायम रहेको मैत्रिपूर्ण सैन्य सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास नेपाली सेनाले लिएको छ ।

सैनिक ब्याटल स्कुल रुपन्देहीको सालझण्डीमा मंसिर १७ देखि संचालन भएको थियो।

एक्स सूर्य किरण प्रतिविद्रोह तथा जंगल वारफेयर, प्राकृतिक विपत्ती र प्रतिआतंकबादमा हेलिकोप्टरको समेत प्रयोग गरी संचालन हुने सैन्य अभ्यास हो।

यस किसिमको सैन्य अभ्यास नेपाल र भारतमा वर्षेनी आलोपालो गरि सञ्चालन हुने गरेको छ । अघिल्लो वर्ष भारतमा भएको थियो। नेपाल–भारत बीचको संयुक्त सैन्य अभ्यास एक्स सूर्य किरण २०६७ सालबाट सुरुवात भएको हो।

यसैबीच नेपाल भ्रमणमा रहेका भारतीय सेनाका मेजर जेनरल गुरुङले प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेका थिए। भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ८ : १७ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको