कांग्रेस नेता ढुङ्गेलको निधनप्रति देउवाद्वारा दुःख व्यक्त « Khabarhub

कांग्रेस नेता ढुङ्गेलको निधनप्रति देउवाद्वारा दुःख व्यक्त


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभा सदस्य, नेपाली कांग्रेसका महासमिति सदस्य एवं पूर्व क्षेत्रीय सभापति रामेश्वरप्रसाद ढुङ्गेलको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा सभापति देउवाले स्वर्गीय ढुङ्गेलले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याउनुभएको सक्रिय भूमिकाको स्मरण गर्दै उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

सभापति देउवाले उनको आत्माको चिरशान्तिको कामना गर्दै सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति पनि समवेदना प्रकट गरेका छन् ।

ढुङ्गेलको उपचारका क्रममा आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको थियो । स्व ढुङ्गेल संविधानसभा सदस्य निर्वाचन २०७० मा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ बाट विजयी भएका थिए ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ९ : ०९ बजे

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले