घाँस–दाउरा गर्न नेपालीले भारतलाई कर तिर्नुपर्ने ! « Khabarhub

घाँस–दाउरा गर्न नेपालीले भारतलाई कर तिर्नुपर्ने !


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आइतबार(आज) प्रकाशित कान्तिपुर दैनिकले घाँस दाउरा गर्न तिरो भारतलाई शीर्षकको समाचार पहिलो पृष्ठमा प्रकाशन गरेको छ ।

समाचारमा भनिएको छ– उनीहरु नेपालकै बासिन्दा हुन् । सरकारी काम परे गाउँपालिकामै पुग्नुपर्छ । तर उनीहरुले बर्सेनि भारतीय प्रशासनलाई तिरो तिर्छन् । तिरोमा नगद र जिन्सी दुबै पर्छन् ।

नेपाल भारतको सीमा नदी मोहनापारि भारतको ददुवा राष्ट्रिय निकुञ्जसँग जोडिएका कैलारी गाउँपालिकाका ३ का मोहनपुर र शिवरत्नपुर तथा ७ को हौसलापुरका बासिन्दाले हरेक माघ १ मा निकुञ्ज प्रशासनलाई वार्षिक तिरो तिर्छन् ।

मोहनपुरका ६१ घरपरिवारले चन्दन चौकी वन पोस्टमा १० किलो चामल र ५ किलो हल्दी बुझाउने गरेका छन् । त्यस्तै ३ सय प्रतिघर तीन सय रुपैयाँ पनि निकुञ्ज प्रशासनलाई बुझउँदै आएका छन् ।

तिरो बुझाएवापत निकुञ्ज छेउको जंगलबाट घाँस दाउरा बटुल्ने र बाख्रा चराउने सुविधा पाएको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ७ : ०४ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल