फाइनल रिलिज मितिसँगै ‘जात्रै जात्रा’ को गीत रिलिज « Khabarhub

फाइनल रिलिज मितिसँगै ‘जात्रै जात्रा’ को गीत रिलिज


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन १७ गते नै प्रदर्शनमा आउने भनिएको फिल्म ‘जात्रै जात्रा’ को गीत ‘माया पिरिम’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा आइतबार  गीतको भिडियो सार्वजनिक गरियो ।

ओएसआर डिजिटलको च्यानलबाट युट्युबमा समेत रिलिज गरिएको गीतको भिडियोमा चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।

जेठ ३ गतेलाई फाइनल रिलिज मिति तोकेको यो फिल्मले तीन दिनअघि मात्र बैशाख २७ गतेलाई रिलिज मिति तोकेको थियो । निर्माण टिमले गीत सार्वजनिक गर्दै जेठ ३ मा फाइनल रिलिज मिति तोकेको हो ।

आज (आइतबार) सार्वजनिक गरिएको गीतमा निश्चल बस्नेत, करिष्मा मानन्धर, वर्षा राउत, सारा सिर्पाली, विपिन कार्की, दयाहाङ राई, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा लगायतका कलाकारले नाचेका छन् ।

फिल्ममा वर्षा, रविन्द्र, रविन्द्र सिंह र विपिनको शीर्ष भूमिका छ ।

फिल्मका निर्माता रविन्द्र सिंह बानियाँले फिल्मको मागअनुसार यो गीतलाई समावेश गरिएको बताए । उनले भने, ‘फिल्ममा हामीले कलाकारलाई पैसा तिरेर बिहेमा नाच्न आएको एउटा दृश्य राखेका छौँ, त्यहीअनुसार यो गीत राखेका हौँ ।’

‘माया पिरिम’ बोलको गीतमा लेखु सहयात्रीका शब्द छन् भने कृष्ण भारद्वाजको संगीत सुन्न सकिन्छ । यस्तै गीतलाई निशान भट्टराई र मनीषा पोखरेलले गाएका हुन् । यस्तै गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

फिल्मको कुरा गर्नुपर्दा यो फिल्ममा शिवराज श्रेष्ठको छायांकन छ । यस्तै फिल्ममा शंकर महर्जनको द्वन्द्व, श्रीकृष्ण श्रेष्ठको भीएफएक्स, मित्र डी गुरुङको सम्पादन छ ।

सिंगे लामा र योगेश्वर पौडेलले निर्माण गरेको यो फिल्ममा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : ४३ बजे

सभामुख अर्यालले गरे दलका नेतासँग छुट्टाछुट्टै छलफल

काठमाडौं– सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र

संस्कृति मन्त्रालयको बजेट खर्च ३१.६८ प्रतिशतमा सीमित, पुँजीगत खर्च १६ प्रतिशत मात्रै

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष

ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी, प्याट्रियट प्रणालीको सहउत्पादनमा सहमतिको संकेत

वासिङ्टन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनको

निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छ : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त

काठमाडौं– प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणाली सुधार गर्न

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका