पाकिस्तानको रेलमा आक्रमण, ४ जना मारिए « Khabarhub

पाकिस्तानको रेलमा आक्रमण, ४ जना मारिए


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– पाकिस्तानको पश्चिमी बलोचिस्तान प्रान्तमा एउटा रेलमा बम विष्फोट हुँदा कम्तीमा ४ जनाको ज्यान गएको छ । बलोचिस्तानको डेरा मुराद जमिल क्षेत्रमा लिकमा राखिएको बम विष्फोट भएको हो ।

आक्रमणमा मारिनेमा एक महिला तथा उनकी एकजना छोरीसमेत रहेको अधिकारीले जनाएका छन् । आक्रमणमा अरु ६ जना घाइते भएका छन् । आक्रमणकारीले रेलको लिकमा बम राखेको र बम राखिएको स्थान माथिबाट रेल गुड्नेबेला विष्फोट भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमण भएको रेल पाकिस्तानको रावलपिण्डीबाट बलोचिस्तानको राजधानी क्वेट्टा शहर जाँदै गरेको जाफर एक्सप्रेस रहेको बताइएको छ ।
विष्फोटनको चपेटामा परेको रेलको एक भागमा क्षति पुगेको छ ।

आक्रमणको तत्काल जिम्मा कसैले लिएको छैन । यद्यपि बलोचिस्तानमा पृथकतावादी लडाकुहरुले त्यहाँ बेलाबेला सैनिक तथा गैरसैनिक निशानालाई लक्षित गरी आक्रमण गर्दै आएका छन् ।

प्राकृतिक श्रोत साधनमा निकै धनी मानिने बलोचिस्तानमा पाकिस्तानले अत्यधिक शोषण गरिरहेको भन्दै त्यहाँ पृथकतावादी आन्दोलन चर्किँदै आएको छ । पाकिस्तानले बलोचिस्तानमा हुने पृथकतावादी गतिविधिमा भारतको हात रहेको आरोप लगाउँदै आएकोमा भारतले भने त्यसको खण्डन गर्ने गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : २९ बजे

आर्थिक सर्वेक्षण : ७२ प्रतिशत घरधुरी टेलिभिजनको पहुँचमा

काठमाडौँ– सरकारले सूचना प्रविधिको निरन्तर विकाससँगै आमजनतामा त्यसको पहुँच विस्तार

म्याग्दीको रुम गाउँको मुहार फेरिँदै

गलेश्वर- म्याग्दीको मालिका गाउँपालिका–२ रुमका टेकबहादुर विक ७९ वर्षका भए

पूर्वराष्ट्रपति भण्डारीद्वारा रासस कार्यालयको निरीक्षण

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस)

करेन्ट लागेर एक जना मृत्यु   

ईलाम– सूर्योदय नगरपालिका-१४ कटुसे बस्ने ५१ वर्षीय मोहन राईको करेन्ट लागेर

छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला   

काठमाडौँ – देशका छुट्टाछुट्टै स्थानमा ४ जना मृत अवस्थामा फेला