प्रधानमन्त्री निवासमा करोडको सीसीक्यामरा, जिल्लामा २० करोडका सडक आयोजना | Khabarhub Khabarhub

प्रधानमन्त्री निवासमा करोडको सीसीक्यामरा, जिल्लामा २० करोडका सडक आयोजना


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको नयाँ पत्रिका दैनिकले स्मार्ट लाइसेन्सको वितरणदेखि प्रयोगमा देखिएको समस्याका विषयमा मुख्य समाचार छापेको छ । साढे सात लाख स्मार्ट लाइसेन्सेन्स वितरण, कार्ड पढ्न ट्राफिकसँगै एउटै पनि मेसिन नभएको समाचारमा उल्लेख छ।

समाचारमा लेखिएको छ– स्मार्ट कार्डमा चिप्स छ, तर त्यो भित्र भएका सूचना पढ्ने त परै जाखोस् कार्ड नक्कली हो कि सक्कली भन्नेसमेत ट्राफिक प्रहरीलाई थाहा हुँदैन । यातायात व्यवस्था विभागका महानिर्देशक कृष्णप्रसाद दाहालले एक सय रिडर भएको तर सफ्टवेयर नै नभएकाले थन्किएको तर्क गरेका छन् ।

कार्ड छापिए, तर दुई वर्षदेखि धाउने सेवाग्राहीले पनि पाएनन्, डेढ लाख स्मार्ट लाइसेन्स यातायात कार्यालयमै रहेको समाचारमा उल्लेख छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्तपन्तले ट्राफिक प्रहरीलाई तालिम दिइएको छ । उनीहरुले कार्ड हेरेरै नक्कली, सक्कली छुट्याउन सक्ने बताए।

त्यस्तै नयाँ पत्रिकाले प्रधानमन्त्री निवासमा करोडको सीसीक्यामरा शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ।

सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यको सीसीक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकामान्तर निकाशा भएको छ ।

यो रकम प्रधानमन्त्रीनिवास बालुवाटारमा सीसीक्यामरा जडानमा खर्च भएको जनाइएको छ।

त्यस्तै तराई– मधेश सडक पूर्वाधार आयोजना अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा विभिन्न आयोजनाका नाममा २० करोड रुपैयाँ रकमान्तर निकासा भएको छ ।

अर्थमन्त्रालयका अनुसार झापाको लक्ष्मीपुर–घैलाडुब्बा सडककाला लिाग पाँच करोड, झापाचोक–भद्रपुर– विर्तामोड सडकका लागि १० करोड र अल्टाबारी–गौरीग्रन्ज–पाडाजुँगी सडकका लागि पाँच करोड रकमान्तर भएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ६ : २३ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई