प्रधानमन्त्री निवासमा करोडको सीसीक्यामरा, जिल्लामा २० करोडका सडक आयोजना « Khabarhub

प्रधानमन्त्री निवासमा करोडको सीसीक्यामरा, जिल्लामा २० करोडका सडक आयोजना


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको नयाँ पत्रिका दैनिकले स्मार्ट लाइसेन्सको वितरणदेखि प्रयोगमा देखिएको समस्याका विषयमा मुख्य समाचार छापेको छ । साढे सात लाख स्मार्ट लाइसेन्सेन्स वितरण, कार्ड पढ्न ट्राफिकसँगै एउटै पनि मेसिन नभएको समाचारमा उल्लेख छ।

समाचारमा लेखिएको छ– स्मार्ट कार्डमा चिप्स छ, तर त्यो भित्र भएका सूचना पढ्ने त परै जाखोस् कार्ड नक्कली हो कि सक्कली भन्नेसमेत ट्राफिक प्रहरीलाई थाहा हुँदैन । यातायात व्यवस्था विभागका महानिर्देशक कृष्णप्रसाद दाहालले एक सय रिडर भएको तर सफ्टवेयर नै नभएकाले थन्किएको तर्क गरेका छन् ।

कार्ड छापिए, तर दुई वर्षदेखि धाउने सेवाग्राहीले पनि पाएनन्, डेढ लाख स्मार्ट लाइसेन्स यातायात कार्यालयमै रहेको समाचारमा उल्लेख छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्तपन्तले ट्राफिक प्रहरीलाई तालिम दिइएको छ । उनीहरुले कार्ड हेरेरै नक्कली, सक्कली छुट्याउन सक्ने बताए।

त्यस्तै नयाँ पत्रिकाले प्रधानमन्त्री निवासमा करोडको सीसीक्यामरा शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ।

सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यको सीसीक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकामान्तर निकाशा भएको छ ।

यो रकम प्रधानमन्त्रीनिवास बालुवाटारमा सीसीक्यामरा जडानमा खर्च भएको जनाइएको छ।

त्यस्तै तराई– मधेश सडक पूर्वाधार आयोजना अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा विभिन्न आयोजनाका नाममा २० करोड रुपैयाँ रकमान्तर निकासा भएको छ ।

अर्थमन्त्रालयका अनुसार झापाको लक्ष्मीपुर–घैलाडुब्बा सडककाला लिाग पाँच करोड, झापाचोक–भद्रपुर– विर्तामोड सडकका लागि १० करोड र अल्टाबारी–गौरीग्रन्ज–पाडाजुँगी सडकका लागि पाँच करोड रकमान्तर भएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ६ : २३ बजे

विदेशमा लगानी गर्ने हो कि देशमा भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाए शाहीले

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य

ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते

एजेन्सी– उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु

कांग्रेस एकताका लागि नेतृत्वको गम्भीर पहल आवश्यक : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकताका