यमन युद्धमा साउदीलाई गरिरहेको सहयोग रोक्ने प्रस्ताविरुद्ध अमेरिकी राष्ट्रपतिद्वारा भिटो प्रयोग « Khabarhub

यमन युद्धमा साउदीलाई गरिरहेको सहयोग रोक्ने प्रस्ताविरुद्ध अमेरिकी राष्ट्रपतिद्वारा भिटो प्रयोग


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


वाशिङ्टन– यमनमा जारी युद्धका लागि अमेरिकाले साउदी अरबलाई गर्दै आएको सहयोग रोक्का गर्ने विषयमा अमेरिकी कङ्ग्रेसले पारित गरेको प्रस्तावलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले भिटो प्रयोग गरेर उल्ट्याइदिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कङ्ग्रेसको प्रस्ताव अनावश्यक र खतरनाक भएको भन्दै त्यसविरुद्ध भिटो प्रयोग गरेका हुन् ।

‘यो प्रस्ताव खतरनाक र अनावश्यक छ र यसले आफूलाई प्रदान गरिएको संवैधानिक अधिकारलाई पनि कमजोर आँकेको छ । यसले हाल र भविष्यमा अमेरिकी नागरिक र बहादुर सैनिकको जीवन पनि खतरामा पार्नेछ,’ यमनमा जारी युद्धमा साउदी अरबलाई गर्दै आएको अमेरिकी सहयोग रोक्का गर्ने विषयमा पारित प्रस्तावमा भिटो प्रयोग गर्ने बेला ट्रम्पले जारी गरेको सन्देशमा उल्लेख छ ।

टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा साउदी एजेण्टहरुले पत्रकार जमाल खशोग्जीको हत्या गरेपछि यमनमा जारी युद्धमा साउदी अरबलाई गर्दै आएको सहयोग रोक्का गर्ने विषयमा अमेरिकी कङ्ग्रेसले कदम चालेको थियो ।

यसक्रममा साउदी अरबलाई गर्दै आएको सहयोग रोक्का गर्ने विषयमा कङ्ग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले गत अप्रिल र माथिल्लो सदन सिनेटले गत मार्च महिनामा प्रस्ताव पारित गरेका थिए ।

अमेरिकी कङ्ग्रेसको दुबै सदनले राष्ट्रपतिलाई कुनै पनि मुलुकमा सेना पठाउन बन्देज गर्नेगरी प्रस्ताव पारित गरेको यो पहिलो पटक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१५ यता यमनमा चर्किएको हिंसामा साउदी अरब नेतृत्वको गठबन्धनको हवाई आक्रमण र अन्य किसिमका हिंसाबाट ७ हजार जनाभन्दा धेरैको ज्यान गएको संयुक्त राष्ट्र संघले जनाएको छ ।

मारिनेमा ६५ प्रतिशत भन्दा धेरै साउदी अरब नेतृत्वको गठबन्धनको हवाई आक्रमणबाट मारिएको बताइन्छ ।

यमनमा युद्धरत हुथी विद्रोहीलाई आफ्नो क्षेत्रीय प्रतिद्वन्द्वी इरानको सहयोग रहँदै आएको भन्दै साउदी अरबले त्यहाँ भारी मात्रामा सैनिक तथा हवाई आक्रमण गर्दै आएको छ ।

यमनमा साउदी सैनिक अभियानका लागि अमेरिकाले अर्बौं डलर बराबरको हतियार तथा गोप्य जानकारी दिने गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  १२ : ४५ बजे

ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, महासचिव पोखरेल पनि विपक्षमा उभिए

काठमाडौं- नेकपा एमालेभित्र नेतृत्व परिवर्तनका विषयमा आन्तरिक बहस तीव्र बनेको

चार महिनामा २०९ जनाले लिए आमाको नामबाट नागरिकता

जलेश्वर – विगत चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा आज दिउँसो

नेपालगन्जमा पाँच किलो अफिमसहित पक्राउ

नेपालगञ्ज– सशस्त्र प्रहरीले आज नेपालगञ्जमा अवैध लागू औषध  अफिम र

मध्यपूर्व युद्धबीच पनि हज यात्रीको सङ्ख्यामा वृद्धि

मक्का- अमेरिका–इजरायलले फेब्रुअरी २८ मा इरानमाथि हवाई आक्रमण गरेपछि मध्यपूर्वमा