एसीसी यु–१६ खेल्ने नेपाली टोलीको घोषणा, पहिलो खेल म्यानमारसँग | Khabarhub Khabarhub

एसीसी यु–१६ खेल्ने नेपाली टोलीको घोषणा, पहिलो खेल म्यानमारसँग


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसियन क्रिकेट परिषद (एसीसी) यु–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिता खेल्ने नेपाली यु–१६ टोलीको घोषणा भएको छ । बुधबार घोषणा भएको १४ सदस्यीय टोलीको कप्तानी बिशाल विक्रम केसीले पाएका छन् । प्रतियोगिता थाइल्यान्डमा अप्रिल २० देखि २८ सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपालसहित पूर्वी क्षेत्रका ८ टिम रहेका छन् । प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूहमा बिभाजन गरीएको छ ।

नेपाली टोली समूह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा नेपालसहित मलेसिया, म्यानमार र आयोजक थाइल्यान्ड रहेका छन् । यस्तै, समूह ‘बी’ मा सिंगापुर, हङकङ, चीन र भुटान छन् ।

यु–१६ टोलीमा कप्तान केसीसँगै आशिष भट्राई, प्रशान्त महत, अर्जुन कुमाल, दीपक बोहरा छन् भने सुवास ऐर, निखिल कुमार सिंह, विशाल कुमार पटेल पनि टोलीमा अटाएका छन् ।

यस्तै, क्रृश कार्की, तिलकराज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज वीके, प्रशान्त सिंह र सुशान्त थापा टोलीमा रहेका छन् । टोलीको वैकल्पीक खेलाडीमा अभिषेक गौतम, परशुराम यादव, अरबाज अनसारी र विवेक दरासि छन् ।

नेपाली टोलीको नेतृत्व टिम व्यवस्थापक सुन्दीप शर्माले गर्नेछन् भने मुख्य प्रशिक्षकमा वसन्त शाही र फिजियोथेरापिस्टमा दिनेश भट्ट छन् ।

अप्रिल १८ मा थाइल्यान्ड जाने नेपाली टोलीले नेपालले आफ्नो पहिलो खेल म्यानमारसँग अप्रिल २० मा खेल्नेछ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  १ : ३६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका