सुपरहिरो सम्झाउँदै ‘एभेन्जर्स: इन्ड गेम’ ले रिलिज गर्‍यो यस्तो ट्रेलर « Khabarhub

सुपरहिरो सम्झाउँदै ‘एभेन्जर्स: इन्ड गेम’ ले रिलिज गर्‍यो यस्तो ट्रेलर


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रिलिज हुन केही दिन बाँकी रहँदा मार्भल स्टुडियोको बहुप्रतीक्षित फिल्म ‘एभेन्जर्स: इन्ड गेम’ को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । मार्भलले युट्युबमार्फत उक्त ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा यसअघि रिलिज भइसकेका एभेन्जर्सलाई देखाइएको छ । ट्रेलरमा समावेश धेरै दृश्य अघिल्ला सिरिजहरूबाट लिइएको छ । ट्रेलरमा आइरन म्यान, क्याप्टेन मार्भल, थोर, डक्टर स्ट्रेन्ज, ब्ल्याक प्यान्थर, क्याप्टेन मार्भल, हल्क लगायतका सुपरहिरोको शक्ति देखाइएको छ भने यसअघिका सिरिज पनि सम्झाइएको छ ।

फिल्मको रिलिज मितिलाई लिएर दर्शकमा निकै चासो छ । अप्रैल २६ बाट प्रदर्शनमा आउने यो फिल्ममा कैयन् सुपरहिरोहरु मार्भलको विश्वमा युद्धमा उत्रिनेछन् ।

यसअघि रिलिज भएको फिल्म ‘एभेन्जर्स: इन्फिनिटी वार’ को क्लाइमेक्सका कारण पनि फिल्म प्रतीक्षित बनेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ७ : ४२ बजे

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट