कार्यस्थलमै कुलमान कड्किए- ‘एक दिन मात्र काममा अबरोध गर्नु न समातेर थुनिदिन्छु’ « Khabarhub

कार्यस्थलमै कुलमान कड्किए- ‘एक दिन मात्र काममा अबरोध गर्नु न समातेर थुनिदिन्छु’


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन ‘त्रिशुली थ्री बी’ जलविद्युत आयोजनाको काममा अवरोध गर्न खोज्ने स्थानीयलाई कार्यस्थलमै नराम्ररी झपारेका छन् ।

उनले महत्वपूर्ण काममा अवरोध सिर्जना गर्न नहुने भन्दै स्थानीयमाथि खनिएका हुन् । उनले भने, ‘तपाईको जग्गामा काम भएको छ ? यस्तो महत्वपूर्ण काम रोक्ने ? अब एक दिन कसैले रोक्यो भने तपाईलाई समातेर थुनिदिन्छु ।’

कार्यस्थलमा एक महिला र अर्का एक पुरुषले जनताको माग पूरा गर्न हामीले अवरोध गरेको आशय पोखिरहँदा प्राधिकरण प्रमुख घिसिङले भने, ‘जनताको होइन तपाइको माग भन्नुस् न ? जनताको माग के हो ? हामी पूरा गर्छौं ।’

विहीबार प्राधिकरण प्रमुख घिसिङ त्रिशूली थि ‘ए’ आयोजनाको उत्पादन सुरुआत गर्न नुवाकोट र रसुवाको सीमा क्षेत्रमा जाने क्रममा निर्माणाधीन त्रिशूली ‘बी’ हब स्टेशनको निर्माणकार्यमा स्थानीयले नियतबस रोकेको थाहा पाएपछि उनी सो स्थानमा पुगेका थिए ।

२ दिनदेखि रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ४ का स्थानीयबासीले अवरोध खडा गरेपछि काम प्रभावित बन्दै गएको थियो । त्रिशूली नदी किनारमा सब स्टेशनको सुरक्षाका लागि पर्खाल लगाउने काम भइरहेको छ । स्थानीयको जग्गा र घरको सुरक्षाकै लागि पर्खाल लगाउने काम भएको प्राधिकरण प्रमुख घिसिङले बताउँदै आफू स्थानीयको मागमा गम्भीर रहेको  बताएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ६ : ३२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै