कार्यस्थलमै कुलमान कड्किए- ‘एक दिन मात्र काममा अबरोध गर्नु न समातेर थुनिदिन्छु’ « Khabarhub

कार्यस्थलमै कुलमान कड्किए- ‘एक दिन मात्र काममा अबरोध गर्नु न समातेर थुनिदिन्छु’


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन ‘त्रिशुली थ्री बी’ जलविद्युत आयोजनाको काममा अवरोध गर्न खोज्ने स्थानीयलाई कार्यस्थलमै नराम्ररी झपारेका छन् ।

उनले महत्वपूर्ण काममा अवरोध सिर्जना गर्न नहुने भन्दै स्थानीयमाथि खनिएका हुन् । उनले भने, ‘तपाईको जग्गामा काम भएको छ ? यस्तो महत्वपूर्ण काम रोक्ने ? अब एक दिन कसैले रोक्यो भने तपाईलाई समातेर थुनिदिन्छु ।’

कार्यस्थलमा एक महिला र अर्का एक पुरुषले जनताको माग पूरा गर्न हामीले अवरोध गरेको आशय पोखिरहँदा प्राधिकरण प्रमुख घिसिङले भने, ‘जनताको होइन तपाइको माग भन्नुस् न ? जनताको माग के हो ? हामी पूरा गर्छौं ।’

विहीबार प्राधिकरण प्रमुख घिसिङ त्रिशूली थि ‘ए’ आयोजनाको उत्पादन सुरुआत गर्न नुवाकोट र रसुवाको सीमा क्षेत्रमा जाने क्रममा निर्माणाधीन त्रिशूली ‘बी’ हब स्टेशनको निर्माणकार्यमा स्थानीयले नियतबस रोकेको थाहा पाएपछि उनी सो स्थानमा पुगेका थिए ।

२ दिनदेखि रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ४ का स्थानीयबासीले अवरोध खडा गरेपछि काम प्रभावित बन्दै गएको थियो । त्रिशूली नदी किनारमा सब स्टेशनको सुरक्षाका लागि पर्खाल लगाउने काम भइरहेको छ । स्थानीयको जग्गा र घरको सुरक्षाकै लागि पर्खाल लगाउने काम भएको प्राधिकरण प्रमुख घिसिङले बताउँदै आफू स्थानीयको मागमा गम्भीर रहेको  बताएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ६ : ३२ बजे

हर्मुजबारे इरान र कतारबीच तेहरानमा वार्ता

तेहरान- इरान र कतारका उच्च अधिकारीबीच रणनीतिक हर्मुज जलडमरूमध्यको अवस्था तथा

कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतले

भोटेकोसी बाढीपछि उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित

त्रिवि शिक्षण अस्पतालको अहिलेको अवस्था (तस्बिरहरू)

काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रसुवा बाढीमा परेर घाइते भएका,

भोटेकोशी बाढी : बाराका १५ जना सम्पर्कविहीन

बारा– रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका