अदालत–भूमाफिया कनेक्सन, साढे पाँच बिघा सरकारी जमिन व्यक्तिको नाममा « Khabarhub

अदालत–भूमाफिया कनेक्सन, साढे पाँच बिघा सरकारी जमिन व्यक्तिको नाममा


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झापाको एक सरकारी कार्यालयको साढे ५ बिघा जमिन भूमाफियाले अदालतलाई नै प्रभावमा पारेर आफ्नो नाममा पारेको खुलासा भएको छ । शिवसताक्षी नगरपालिकास्थित कन्काई सिँचाइ आयोजनाको करोडौं मूल्य पर्ने जमिन झापा जिल्ला अदालतका तत्कालीन न्यायाधीश पर्णेश्वरप्रसाद उपाध्याय र पुनरावेदन अदालत इलामका न्यायाधीश रमेश पोखरेलको फैसलाले व्यक्तिको नाममा गएको पाइएको राजधानी दैनिकमा खबर छ ।

३ पुस २०२७ मा वन मन्त्रालयले सिँचाइ आयोजनालाई भोगचलन गर्न साढे १४ बिघा जमिन दिएको थियो । तर, सो जमिनमध्ये खुला चौरका रूपमा रहेको साढे ५ बिघा जमिन सिँचाइ आयोजनाले थाहै नपाई व्यक्तिको नाममा गएको कन्काई सिँचाइ आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख वीरेन्द्र यादवका अनुसार दमक नगरपालिका–५ का केशरसिंह खड्का र पृथ्वीबहादुर राईको नाममा सिँचाइ कार्यालयको जग्गाको धनीपुर्जा भएको थाहा भएपछि सिँचाइ आयोजना कार्यालयले जग्गा रोक्का गरेको थियो । २२ जेठ २०६८ मा पुनरावेदन अदालत इलामका मुख्य न्यायाधीश हरिप्रसाद घिमिरे र न्यायाधीश विष्णुदेव पौडेलले कित्ता नम्बर १८२ र १८३ रोक्का गरेका थिए ।

झुक्याएर बिहे, अलग बस्दा एसिड, पीडित जेनी श्रीमानभन्दा १६ वर्ष कान्छी शीर्षकको समाचारमा राजधानीको कालोपुलमा बुधबार राति एसिड आक्रमणमा परेकी जेनी खड्काको अवस्था चिन्ताजनक छ । दोलखा स्थायी घर भएकी २० वर्षीया खड्का शरीरका विभिन्न भाग जलेको अवस्थामा छटपटाइरहेकी छन् । उनको कीर्तिपुरस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार राति कालोपुल सडकमा एसिड आक्रमणमा परेपछि स्थानीयले उनलाई तत्कालै नजिकैको ओम अस्पतालमा पुर्‍याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कीर्तिपुर लगियो । प्रहरीसमेत उत्ति बेलै आक्रमणकारीको खोजीमा सक्रिय भयो । प्रहरीले एसिड प्रहार गर्ने व्यक्तिलाई राति साढे १० बजे काँडाघारीबाट पक्राउ गर्‍यो । पक्राउ पर्ने व्यक्ति थिए, जेनीकै ३६ वर्षीय श्रीमान् विष्णु भुजेल ।

जेनीको परिवारका अनुसार १५ वर्षको उमेरमा भुजेलले जेनीलाई झुक्याएर विवाह गरेका थिए । विवाहपछि समेत उनीहरू राजधानीमै डेरा गरी बस्दै आएका थिए । खड्काले १७ वर्षको उमेरमै पहिलो सन्तान जन्माइन् । त्यसलगत्तै भुजेलले खड्कालाई काभ्रेको दाप्चामा रहेको घरमा पुर्‍याए । त्यसपछि जेनीले पत्तो पाइन्, श्रीमान्को आफू कान्छी श्रीमती हुँ भन्ने ।

त्यस्तै पत्रिकाले १७ हजार कर्मचारीमाथि कारबाही सिफारिस, त्रिवि सेवा आयोग परीक्षा अनियमितता, मौखिक परीक्षा स्थगित लगायतका खबर छापेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ६ : ४० बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये