सयौं थुंगा गाउँदै भारतीय बालबालिका भन्छन्- हिन्दुस्थानको राष्ट्रियगान थाहा छैन | Khabarhub Khabarhub

सयौं थुंगा गाउँदै भारतीय बालबालिका भन्छन्- हिन्दुस्थानको राष्ट्रियगान थाहा छैन


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालको सीमा नजिकैको भारतको किशनगञ्ज जिल्लाको डल्लेगाउमा हुर्किरहेका बालबालिका नेपालमा आएर पढ्छन् । आफ्नो गाउँमा विद्यालय नभएपछि उनीहरु घन्टौ हिँडेर पढ्नकै लागि नेपाली भूमि आइपुग्ने गरेका छन् ।

भारतीय ‘मेन मिडिया’ले तयार पारेको भिडियो हेर्दा सबैलाई अचम्ममा पार्ने गरी उनीहरुले भन्छन् हामीलाई हाम्रो देशको राष्ट्रिय गान थाहा छैन । सयौं थुँगा गाउन सक्छौं ।’ अनि उनीहरुले लय हारेर नेपालको राष्ट्रियगान गाउँछन् ।

सयौ थुंगाफुलका हामी एउटै माला नेपाली गुनगुनाउदै किशनगञ्ज निवासी रमेश कुमार भन्छन् ‘भारतभन्दा बढी हामीलाई नेपाल र नेपाली वीरताको कथाबारे धेरै थाहा छ ।’

त्यस्तै रमेशकै साथी नवाज आलम भन्छन् ‘हामीलाई नेपाली राष्ट्रिय गानमात्र गाउन आउछ, किनभने हामी नेपाली स्कुलमा पढ्छौं, त्यहाँ भारतीय गान सिकाउने कुरा पनि त भएन ।’

त्यस्तै अन्य छात्र छात्राहरुले पनि भारतको बारेमा भन्दा बढी नेपालको बारे बढी थाहा भएको बताएका थिए ।

झापाको केचनाकवल गाउपालिकासँगै जोडिएको भारत किशनगञ्जका बालबालिकालाई नेपाली विद्यालय पनि प्यारो छ । भारतका शीर्ष नेताको थाहा नपाउने उनीहरु नेपालका भीमसेन थापा, पुष्पकमल दाहाल प्रचण्डका बारेमा खुलेरै बोल्न सक्छन् ।

अहिले भारत चुनाव भइरहेको छ । चुनावका बेला विकास निर्माणका विषयलाई उठाएर यस्ता समाचारहरु बाहिर आउने गरेका छन् ।

भारतीय बच्चा नेपालबाट देशशक्ति सिक्दै भन्ने शीर्षकमा युट्युवमा राखिएको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चित बन्दै गएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  १ : ०९ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको