‘ट्रम्प इरानविरुद्ध युद्धको पक्षमा छैनन्’ « Khabarhub

‘ट्रम्प इरानविरुद्ध युद्धको पक्षमा छैनन्’


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्धको चाहना नभएको जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्ना सुरक्षा अधिकारीसँगको छलफलमा इरानसँग युद्ध गर्ने चाहना नभएको बताएका हुन् ।

छलफलमा सहभागी राष्ट्रपतिका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार युद्धको चाहना नभएपनि मध्यपूर्वमा इरानको खतराबाट अमेरिकी हित रक्षाका लागि भने कुनै कसर बाँकी नराखिने ट्रम्पको भनाइ छ ।

त्यस्तै, बेग्लै कार्यक्रममा राष्ट्रपति ट्रम्पले इरानसँगको युद्ध नै हुने आशा नरहेको जनाएका छन् । स्विट्जरल्याण्डको संघीय परिषद्का प्रमुख उलेइ मररसँगको भेटवार्ताका क्रममा इरानविरुद्ध युद्ध हुने आशा नगरिएको जनाएका हुन् ।

भेटवार्तापछि पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीले सोधेको ‘के अब इरानविरुद्ध युद्ध नै होला त ?’ भन्ने प्रश्नको जवाफमा ‘आशा गरौं त्यस्तो हुनेछैन’ भन्ने जवाफ दिएका थिए ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  १ : ५८ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि