सांसदको नेतृत्वमा कर उठाउने ढाटमा आगजनी, महिला प्रहरी जलेर गम्भीर घाइते | Khabarhub Khabarhub

सांसदको नेतृत्वमा कर उठाउने ढाटमा आगजनी, महिला प्रहरी जलेर गम्भीर घाइते


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा स्थानीयले आगो लगाइदिएका छन् ।

शुक्रबार विहान ११ बजेको समयमा ३० देखि ४० जनाको संख्यामा आएको स्थानीयको समूहले टिकौलीमा रहेको सडक बोर्डको ढाटमा आगो लगाइदिएका हुन् । उनीहरुले ढाटमा पेट्रोल छर्केर आगो लगाएका जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दीपेन्द्र शाहले जानकारी दिए ।

आगो लगाउने समूहको नेतृत्व चितवन क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्य कृष्ण खनालले गरेका प्रहरीले जनाएको छ । खनालले भने आफू घटना हुँदा सो स्थलमा भए पनि आफ्नो नेतृत्वमा आगो लगाउने काम नभएको प्रतिक्रिया दिएका छन् ।

आगो नियन्त्रणमा लिने क्रममा प्रहरी सहायक निरीक्षक (सई) कल्पना खड्का गम्भीर घाइते भएकी छन् । सई खड्काको हात, खुट्टा, शरीर र टाउकामा आगोले पोलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आगलागीबाट ढाटमा रकम संकलन गर्ने कर्मचारी बस्ने काउन्टर जलेर पूर्णरुपमा क्षति भएको छ । स्थानीयले यसअघि नै टिकौलीबाट ढाट उठाउनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  २ : १९ बजे

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १३७ मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा

विश्व एक्वेटिक्समा चार पौडी खेलाडी

काठमाडौं – सिङ्गापुरमा आयोजना हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट चार

एडीबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस पुग्ने प्रमुख

साताका समाचार : एमालेले छेक्यो विद्या भण्डारीलाई, तराई-मधेशमा चर्को खडेरी र युद्धमा उत्रिए थाइल्याण्ड र कम्बोडिया

पूर्वराष्ट्रपति भण्डारीको चेतावनी : मेरो सदस्यता केही मुठ्ठीभरहरूले रोक्न सक्दैनन्