सांसदको नेतृत्वमा कर उठाउने ढाटमा आगजनी, महिला प्रहरी जलेर गम्भीर घाइते « Khabarhub

सांसदको नेतृत्वमा कर उठाउने ढाटमा आगजनी, महिला प्रहरी जलेर गम्भीर घाइते


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा स्थानीयले आगो लगाइदिएका छन् ।

शुक्रबार विहान ११ बजेको समयमा ३० देखि ४० जनाको संख्यामा आएको स्थानीयको समूहले टिकौलीमा रहेको सडक बोर्डको ढाटमा आगो लगाइदिएका हुन् । उनीहरुले ढाटमा पेट्रोल छर्केर आगो लगाएका जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दीपेन्द्र शाहले जानकारी दिए ।

आगो लगाउने समूहको नेतृत्व चितवन क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्य कृष्ण खनालले गरेका प्रहरीले जनाएको छ । खनालले भने आफू घटना हुँदा सो स्थलमा भए पनि आफ्नो नेतृत्वमा आगो लगाउने काम नभएको प्रतिक्रिया दिएका छन् ।

आगो नियन्त्रणमा लिने क्रममा प्रहरी सहायक निरीक्षक (सई) कल्पना खड्का गम्भीर घाइते भएकी छन् । सई खड्काको हात, खुट्टा, शरीर र टाउकामा आगोले पोलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आगलागीबाट ढाटमा रकम संकलन गर्ने कर्मचारी बस्ने काउन्टर जलेर पूर्णरुपमा क्षति भएको छ । स्थानीयले यसअघि नै टिकौलीबाट ढाट उठाउनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  २ : १९ बजे

हर्मुजबारे इरान र कतारबीच तेहरानमा वार्ता

तेहरान- इरान र कतारका उच्च अधिकारीबीच रणनीतिक हर्मुज जलडमरूमध्यको अवस्था तथा

कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतले

भोटेकोसी बाढीपछि उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित

त्रिवि शिक्षण अस्पतालको अहिलेको अवस्था (तस्बिरहरू)

काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रसुवा बाढीमा परेर घाइते भएका,

भोटेकोशी बाढी : बाराका १५ जना सम्पर्कविहीन

बारा– रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका