सांसदको नेतृत्वमा कर उठाउने ढाटमा आगजनी, महिला प्रहरी जलेर गम्भीर घाइते | Khabarhub Khabarhub

सांसदको नेतृत्वमा कर उठाउने ढाटमा आगजनी, महिला प्रहरी जलेर गम्भीर घाइते


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा स्थानीयले आगो लगाइदिएका छन् ।

शुक्रबार विहान ११ बजेको समयमा ३० देखि ४० जनाको संख्यामा आएको स्थानीयको समूहले टिकौलीमा रहेको सडक बोर्डको ढाटमा आगो लगाइदिएका हुन् । उनीहरुले ढाटमा पेट्रोल छर्केर आगो लगाएका जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दीपेन्द्र शाहले जानकारी दिए ।

आगो लगाउने समूहको नेतृत्व चितवन क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्य कृष्ण खनालले गरेका प्रहरीले जनाएको छ । खनालले भने आफू घटना हुँदा सो स्थलमा भए पनि आफ्नो नेतृत्वमा आगो लगाउने काम नभएको प्रतिक्रिया दिएका छन् ।

आगो नियन्त्रणमा लिने क्रममा प्रहरी सहायक निरीक्षक (सई) कल्पना खड्का गम्भीर घाइते भएकी छन् । सई खड्काको हात, खुट्टा, शरीर र टाउकामा आगोले पोलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आगलागीबाट ढाटमा रकम संकलन गर्ने कर्मचारी बस्ने काउन्टर जलेर पूर्णरुपमा क्षति भएको छ । स्थानीयले यसअघि नै टिकौलीबाट ढाट उठाउनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  २ : १९ बजे

रास्वपाको जिकिर- सहकारीबाट हराएको ८८ अर्ब जुत्ता पालिस गर्ने र मकै पोल्नेको होइन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरका सहकाी संस्थाहरूबाट हरएको भनिएको ८८

पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु

तनहुँ – मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वीराजमार्गको पूर्वी खण्डमा दोेस्रो चरणको कालोपत्र

एमालेमा सल्किएको भुसको आगो !

काठमाडौं– आहानै छ, भुसको आगो बाहिर देखिँदैन, भित्रभित्रै सल्किरहन्छ ।

कीर्तिपुरमा रास्वपाको साथ स्वतन्त्रलाई, यी हुन् अरु २६ स्थानमा प्रतिस्पर्धी (सूचीसहित)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कीर्तिपुरको मेयरका लागि उम्मेदवारी