स्वयम्भूमा बनाइएको नयाँ गेट महानगरले भत्कायो « Khabarhub

स्वयम्भूमा बनाइएको नयाँ गेट महानगरले भत्कायो


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वम्भूको पूर्वी गेटमा निर्माण गरिएको नयाँ प्रवेशद्वार महानगरपालिकाले भत्काएको छ ।

स्वयम्भू संरक्षण महासमितिको स्वीकृति रहेको भन्दै मनाङ समाज नामक संस्थाले गेट बनाउन सुरु गरेपछि स्थानीयले चर्को बिरोध गरेका थिए ।

विनाशकारी भूकम्पले गेट भत्किएसँगै सम्पदा क्षेत्रमा ठूला गेट नबनाउने निर्णय पुरात्तव विभागले गरेको थियो ।

तर उक्त संस्थाले पुरातत्व विभागसँग अनुमति नलिइ गेट निर्माण गरेपछि शुक्रवार महानगरको स्रोत र साधन प्रयोग गरेर गेट भत्काइएको सम्पदा बचाउ अभियान संघर्ष समितिका अध्यक्ष गणपतिलाल श्रेष्ठले जानकारी दिए ।

पुनर्निर्माण गर्ने क्रममा क्रंक्रिटको गेट हालेको र पुराना संरचनालाई मास्दै नयाँ संरचना बनाएको भन्दै स्थानीय र सम्पदा बचाउ अभियानकर्ताहरुले वडा कार्यलय, महानगर तथा पुरातत्व विभागलाई ध्यानकर्षण समेत गराएका थिए ।

विश्वसम्पदा क्षेत्रमा पुरातत्व विभागको अनुमति बिना कुनै पनि संरचना फेरबदल गर्न नपाइने नियम छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ३ : ५४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै