स्वयम्भूमा बनाइएको नयाँ गेट महानगरले भत्कायो « Khabarhub

स्वयम्भूमा बनाइएको नयाँ गेट महानगरले भत्कायो


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वम्भूको पूर्वी गेटमा निर्माण गरिएको नयाँ प्रवेशद्वार महानगरपालिकाले भत्काएको छ ।

स्वयम्भू संरक्षण महासमितिको स्वीकृति रहेको भन्दै मनाङ समाज नामक संस्थाले गेट बनाउन सुरु गरेपछि स्थानीयले चर्को बिरोध गरेका थिए ।

विनाशकारी भूकम्पले गेट भत्किएसँगै सम्पदा क्षेत्रमा ठूला गेट नबनाउने निर्णय पुरात्तव विभागले गरेको थियो ।

तर उक्त संस्थाले पुरातत्व विभागसँग अनुमति नलिइ गेट निर्माण गरेपछि शुक्रवार महानगरको स्रोत र साधन प्रयोग गरेर गेट भत्काइएको सम्पदा बचाउ अभियान संघर्ष समितिका अध्यक्ष गणपतिलाल श्रेष्ठले जानकारी दिए ।

पुनर्निर्माण गर्ने क्रममा क्रंक्रिटको गेट हालेको र पुराना संरचनालाई मास्दै नयाँ संरचना बनाएको भन्दै स्थानीय र सम्पदा बचाउ अभियानकर्ताहरुले वडा कार्यलय, महानगर तथा पुरातत्व विभागलाई ध्यानकर्षण समेत गराएका थिए ।

विश्वसम्पदा क्षेत्रमा पुरातत्व विभागको अनुमति बिना कुनै पनि संरचना फेरबदल गर्न नपाइने नियम छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ३ : ५४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन