देउवाको गुनासो– अन्तर्घातीहरुले पार्टीभित्र मेरो विरोध गरे « Khabarhub

देउवाको गुनासो– अन्तर्घातीहरुले पार्टीभित्र मेरो विरोध गरे


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्घात गरेर पार्टीलाई चुनावमा हराउनेहरु पुनः आफूविरुद्ध उभिएको दाबी गरेका छन् ।

चुनावका बेला आन्तर्घात गरेर पार्टीलाई हराउनेहरु पार्टीभित्र बलशाली भएकाले पार्टी संकटमा फस्दै गएको पनि देउवाले तर्क गरेका छन् ।

सभापति देउवाले आफूमाथि आरोप लगाउन छोडेर आगामी निर्वाचनमा पार्टीलाई जिताउने गरी काममा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

शुक्रबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै सभापति देउवाले निर्वाचनमा पार्टीलाई हराउने अन्तरघातीहरुलाई कार्वाही गर्न समेत आफूले पार्टीका नेताहरुबाट सहयोग नपाएको गुनासो गरे ।

दुई कम्युनिस्ट पार्टी मिल्दा पार्टीले हारेको दोहोर्‍याउँदै सभापति देउवाले सो हारको दोषी आफूलाई मात्रै लाउने गरेकोमा आपत्ति जनाए ।

देउवासँगै मञ्चमा रहेका नेता कृष्णप्रसाद सिटौलातर्फ संकेत गर्दै सभापति देउवाले तत्कालीन सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग वार्ता गर्न पठाएको तर, मिलाउन नसकेको भन्दै असन्तुष्टि पोखे ।

पार्टीका नेताहरुले आफूलाई मात्रै आरोप लगाएर गैर प्रजातान्त्रिक चरित्र प्रदर्शन गरेको पनि देउवाले आरोप लगाए ।

कार्यक्रममा बोल्दै काँग्रेस नेता सिटौलाले भने पार्टीलाई आन्तरिक कलहबाट मुक्त गराउन सभापति देउवासँग आग्रह गरे । पार्टी कमजोर हुनुको जिम्मेवारी नेतृत्वले लिनुपर्ने पनि सिटौलाको भनाइ थियो ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ३ : ५६ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो