देउवाको गुनासो– अन्तर्घातीहरुले पार्टीभित्र मेरो विरोध गरे | Khabarhub Khabarhub

देउवाको गुनासो– अन्तर्घातीहरुले पार्टीभित्र मेरो विरोध गरे


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्घात गरेर पार्टीलाई चुनावमा हराउनेहरु पुनः आफूविरुद्ध उभिएको दाबी गरेका छन् ।

चुनावका बेला आन्तर्घात गरेर पार्टीलाई हराउनेहरु पार्टीभित्र बलशाली भएकाले पार्टी संकटमा फस्दै गएको पनि देउवाले तर्क गरेका छन् ।

सभापति देउवाले आफूमाथि आरोप लगाउन छोडेर आगामी निर्वाचनमा पार्टीलाई जिताउने गरी काममा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

शुक्रबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै सभापति देउवाले निर्वाचनमा पार्टीलाई हराउने अन्तरघातीहरुलाई कार्वाही गर्न समेत आफूले पार्टीका नेताहरुबाट सहयोग नपाएको गुनासो गरे ।

दुई कम्युनिस्ट पार्टी मिल्दा पार्टीले हारेको दोहोर्‍याउँदै सभापति देउवाले सो हारको दोषी आफूलाई मात्रै लाउने गरेकोमा आपत्ति जनाए ।

देउवासँगै मञ्चमा रहेका नेता कृष्णप्रसाद सिटौलातर्फ संकेत गर्दै सभापति देउवाले तत्कालीन सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग वार्ता गर्न पठाएको तर, मिलाउन नसकेको भन्दै असन्तुष्टि पोखे ।

पार्टीका नेताहरुले आफूलाई मात्रै आरोप लगाएर गैर प्रजातान्त्रिक चरित्र प्रदर्शन गरेको पनि देउवाले आरोप लगाए ।

कार्यक्रममा बोल्दै काँग्रेस नेता सिटौलाले भने पार्टीलाई आन्तरिक कलहबाट मुक्त गराउन सभापति देउवासँग आग्रह गरे । पार्टी कमजोर हुनुको जिम्मेवारी नेतृत्वले लिनुपर्ने पनि सिटौलाको भनाइ थियो ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ३ : ५६ बजे

रेसुङ्गामा हावाबाट ऊर्जा परियोजना स्थापना गर्ने तयारी

गुल्मी– रेसुङ्गा नगरपालिका–७ मा १०० किलोवाट क्षमताको हावाबाट ऊर्जा परियोजना

जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउने घोषणा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बोआओ फोरम अन्तर्गतको एसिया स्वास्थ्य

‘सरकार ! अहिराजका गुन्डाबाट सुरक्षा पाऊँ’

काठमाडौं– मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा हिरासतमा

कौसीमा ‘ड्रागन फ्रुट’ खेती : वार्षिक आठ लाख आम्दानी

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले

गाजामा भोकमरी चरममा : झन्डै एक तिहाइ जनसङ्ख्या भोकमरीमा

जेरुसलेम- युद्धले तहसनहस बनाएको गाजामा झन्डै एक तिहाइ जनसंख्या धेरै