खनिज वस्तुको निर्यात सरकारको प्राथमिकतामा: प्रधानमन्त्री « Khabarhub

खनिज वस्तुको निर्यात सरकारको प्राथमिकतामा: प्रधानमन्त्री


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले खनिज तथा खनिजजन्य वस्तुहरुको अन्वेषण, उत्खनन्, प्रशोधन र बजारीकरणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत् नै खनिज तथा खनिजजन्य वस्तुहरुको पर्याप्त निर्यात हुने गरी खोज, अन्वेषण, उत्खनन्, प्रशोधन र बजारीकरणका लागि आवश्यक व्यवस्था गर्ने प्रतिवद्धता जनाएको पनि स्मरण गरे ।

नेपालको निर्यात व्यापारमा महत्वपूर्ण योगदान दिन सक्ने खनिज तथा खनिजजन्य वस्तुहरुको उत्खनन्, प्रशोधन र बजारीकरणलाई सरकारले प्राथमिकता दिएको प्रधानमन्त्री ओलीले बताए । शुक्रबारबाट काठमाडौंको लैनचौरस्थित खानी तथा भूगर्भ विभागमा आयोजित ‘नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा सुन, फलाम र तामाखानीलाई आधुनिकीकरणको माध्यामबाट उत्खनन् गरी मुलुकको निर्यात व्यापारमा सुधार ल्याउने योजना पनि अघि सारे ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र खानी तथा भूगर्भ विभागको संयुक्त आयोजनामा आयोजना गरिएको ३ दिने सो एक्स्पोमा नेपाली गरगहनाको मौलिकता, विविधता र विशिष्टता झल्कने खालका प्रर्दशनीहरु राखिएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ५ : ४८ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती

देशभर मनसुन सक्रिय, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

केप भर्डेका विश्वकप हिरो बोजिन्हा चिलीको क्लबमा अनुबन्ध

काठमाडौँ – विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै सामाजिक सञ्जालमा छाएका