खनिज वस्तुको निर्यात सरकारको प्राथमिकतामा: प्रधानमन्त्री | Khabarhub Khabarhub

खनिज वस्तुको निर्यात सरकारको प्राथमिकतामा: प्रधानमन्त्री


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले खनिज तथा खनिजजन्य वस्तुहरुको अन्वेषण, उत्खनन्, प्रशोधन र बजारीकरणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत् नै खनिज तथा खनिजजन्य वस्तुहरुको पर्याप्त निर्यात हुने गरी खोज, अन्वेषण, उत्खनन्, प्रशोधन र बजारीकरणका लागि आवश्यक व्यवस्था गर्ने प्रतिवद्धता जनाएको पनि स्मरण गरे ।

नेपालको निर्यात व्यापारमा महत्वपूर्ण योगदान दिन सक्ने खनिज तथा खनिजजन्य वस्तुहरुको उत्खनन्, प्रशोधन र बजारीकरणलाई सरकारले प्राथमिकता दिएको प्रधानमन्त्री ओलीले बताए । शुक्रबारबाट काठमाडौंको लैनचौरस्थित खानी तथा भूगर्भ विभागमा आयोजित ‘नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा सुन, फलाम र तामाखानीलाई आधुनिकीकरणको माध्यामबाट उत्खनन् गरी मुलुकको निर्यात व्यापारमा सुधार ल्याउने योजना पनि अघि सारे ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र खानी तथा भूगर्भ विभागको संयुक्त आयोजनामा आयोजना गरिएको ३ दिने सो एक्स्पोमा नेपाली गरगहनाको मौलिकता, विविधता र विशिष्टता झल्कने खालका प्रर्दशनीहरु राखिएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ५ : ४८ बजे

मिथिलामा औपचारिक रूपमा छठ सुरु

धनुषा – मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ।

रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृतक आठ जनाको पहिचान खुल्यो

रुकुम पश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-७ लिस्नेस्थित भित्री सडकखण्डमा

विश्वकप लिग-२ : यूएई शृङ्खलाको पहिलो खेलमा आइतबार अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो

आजको मौसम पूर्वानुमानः तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको

यी हुन् निवार्चन आयोगमा दर्ता भएका १२२ दल (सूचीसहित)

काठमाडौं – निर्वाचन आयोगले अहिलेसम्म आयोगमा अध्यावधिक भएका र दर्ता