कांग्रेसले गणतन्त्र दिवस भव्य मनाउने « Khabarhub

कांग्रेसले गणतन्त्र दिवस भव्य मनाउने


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले आउँदा जेठ १५ गते गणतन्त्र दिवसका सन्दर्भमा ‘गणतन्त्रको एक दशक’, अन्तरक्रिया, प्रभातफेरीलगायत विभिन्न कार्यक्रम गर्ने भएको छ ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘गणतन्त्रको एकदशक’ विषयमा छलफल तथा अन्तर्क्रिया कार्यत्रम, जेठ १५ गते प्रभातफेरी र दीप प्रज्वलन तथा जेठ १६ गते सङ्घीयताको कार्यान्वयन विषयमा विचार गोष्ठी गर्ने कांग्रेसले जनाएको हो ।

कांग्रेस उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले सातै प्रदेशका १४ स्थानमा महाधिवेशन प्रतिनिधिका लागि दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पार्टीका क्रियाशील सदस्यका लागि एकदिने आधारभूत प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पार्टी कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए ।

त्यस्तै कांग्रेसले केन्द्रीयस्तर ९काठमाडौँ० मा र देशका अन्य भागमा क्रमशः ‘नेपाली कांग्रेस मेला’ कार्यक्रमको आयोजना गर्ने, जिल्लामा फार्टीको राष्ट्रिय जागरणको कार्यक्रमसँगै समन्वय हुने गरी कार्यत्रम सञ्चालन गर्ने र जिल्लामा हुने गणतन्क्र दिवसको कार्यत्रमलाई सहजीकरण गर्न प्रतिष्ठानबाट प्रतिनिधि पठाउनेसमेत निर्णय गरेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ७ : १७ बजे

परराष्ट्रमन्त्री खनाल र चिनियाँ मन्त्री लिउ हाइसिङबीच भेटवार्ता, भने-सम्बन्ध सुदृढीकरणबारे कुरा भयो

काठमाडौं- बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले

आजका समाचार : संसद्‌मा विपक्षीको विरोध कायमै, अझै बनेन संसद् हल, पाँच प्रदेशले ल्याए बजेट र मध्यपूर्व तनाव घट्ने, अमेरिका-इरानबीच सम्झौता

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीले मागे सरकारको जवाफप्रतिनिधिसभाको आजको बैठकमा

बालेनको व्यवहारले रास्वपा सांसदमाथि अनेक प्रश्न, रविले गर्न सकेनन् रूलिङ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले दिएका विवादास्पद अभिव्यक्तिका कारण सत्तारुढ राष्ट्रिय

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका