कांग्रेसले गणतन्त्र दिवस भव्य मनाउने « Khabarhub

कांग्रेसले गणतन्त्र दिवस भव्य मनाउने


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले आउँदा जेठ १५ गते गणतन्त्र दिवसका सन्दर्भमा ‘गणतन्त्रको एक दशक’, अन्तरक्रिया, प्रभातफेरीलगायत विभिन्न कार्यक्रम गर्ने भएको छ ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘गणतन्त्रको एकदशक’ विषयमा छलफल तथा अन्तर्क्रिया कार्यत्रम, जेठ १५ गते प्रभातफेरी र दीप प्रज्वलन तथा जेठ १६ गते सङ्घीयताको कार्यान्वयन विषयमा विचार गोष्ठी गर्ने कांग्रेसले जनाएको हो ।

कांग्रेस उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले सातै प्रदेशका १४ स्थानमा महाधिवेशन प्रतिनिधिका लागि दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पार्टीका क्रियाशील सदस्यका लागि एकदिने आधारभूत प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पार्टी कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए ।

त्यस्तै कांग्रेसले केन्द्रीयस्तर ९काठमाडौँ० मा र देशका अन्य भागमा क्रमशः ‘नेपाली कांग्रेस मेला’ कार्यक्रमको आयोजना गर्ने, जिल्लामा फार्टीको राष्ट्रिय जागरणको कार्यक्रमसँगै समन्वय हुने गरी कार्यत्रम सञ्चालन गर्ने र जिल्लामा हुने गणतन्क्र दिवसको कार्यत्रमलाई सहजीकरण गर्न प्रतिष्ठानबाट प्रतिनिधि पठाउनेसमेत निर्णय गरेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ७ : १७ बजे

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी

रवि छुट्ने भएपछि निकिता लेख्छिन् – बेइमानको रजगजमा नखाएको विष लाग्ने रहेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा

रास्वपाको महत्वपूर्ण चार बुँदे सूचनामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

भोजपुर– जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट– चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको