निजामती सेवामा अल्जाइमर्स भएकालाई पनि पदोन्नति गर्नुपर्ने स्थिति छ: मन्त्री पण्डित « Khabarhub

निजामती सेवामा अल्जाइमर्स भएकालाई पनि पदोन्नति गर्नुपर्ने स्थिति छ: मन्त्री पण्डित


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती सेवामा केही प्राबधान नराख्ने हो भने कहिलेकाहीँ छिनछिनमा बिर्सने (अल्जाइमर्स) भएकालाई पनि पदोन्नति गरेर सचिव बनाउनुपर्ने स्थिति रहेको बताएका छन् ।

निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि शुक्रबार राज्य व्यवस्था समितिमा भएको छलफलमा मन्त्री पण्डितले निजामती सेवालाई चुस्त दुरुस्त बनाउने गरी ऐन बनाउन लागिएको बताएका हुन् । उनले राज्यलाई बन्धक बनाएर सरकारले कर्मचारीलाई हलचल गर्न नसक्ने अवस्थामा सुधार गर्नुपर्ने बताए ।

छलफलमा सरकारले दिएको निर्देशन नमान्ने, बरु उल्टै धम्क्याउने सचिवको जुनसुकै सेवा वा समूहमा रहेको भए पनि जिम्मेवारी हेरफेर गर्नसक्ने गरी ऐन बनाउन सांसदहरुले सुझाव दिएका थिए ।

सरकारले पनि कर्मचारीमाथि जथाभावी गर्न नपाउने स्पष्ट कानूनी व्यवस्था ऐन मै किटान गरिनुपर्ने उनीहरुले बताए । कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले विगतमा भएका सहमतिका आधारमा सङ्घीय निजामती अन्तर्गत ११ वटा सेवा रहे पनि कतिपय प्राविधिकले यसलाई भत्काउने उद्देश्यले संशोधनको मुद्दा उठाउँदै आएको जानकारी गराएका थिए ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ८ : ५१ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको