निजामती सेवामा अल्जाइमर्स भएकालाई पनि पदोन्नति गर्नुपर्ने स्थिति छ: मन्त्री पण्डित « Khabarhub

निजामती सेवामा अल्जाइमर्स भएकालाई पनि पदोन्नति गर्नुपर्ने स्थिति छ: मन्त्री पण्डित


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती सेवामा केही प्राबधान नराख्ने हो भने कहिलेकाहीँ छिनछिनमा बिर्सने (अल्जाइमर्स) भएकालाई पनि पदोन्नति गरेर सचिव बनाउनुपर्ने स्थिति रहेको बताएका छन् ।

निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि शुक्रबार राज्य व्यवस्था समितिमा भएको छलफलमा मन्त्री पण्डितले निजामती सेवालाई चुस्त दुरुस्त बनाउने गरी ऐन बनाउन लागिएको बताएका हुन् । उनले राज्यलाई बन्धक बनाएर सरकारले कर्मचारीलाई हलचल गर्न नसक्ने अवस्थामा सुधार गर्नुपर्ने बताए ।

छलफलमा सरकारले दिएको निर्देशन नमान्ने, बरु उल्टै धम्क्याउने सचिवको जुनसुकै सेवा वा समूहमा रहेको भए पनि जिम्मेवारी हेरफेर गर्नसक्ने गरी ऐन बनाउन सांसदहरुले सुझाव दिएका थिए ।

सरकारले पनि कर्मचारीमाथि जथाभावी गर्न नपाउने स्पष्ट कानूनी व्यवस्था ऐन मै किटान गरिनुपर्ने उनीहरुले बताए । कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले विगतमा भएका सहमतिका आधारमा सङ्घीय निजामती अन्तर्गत ११ वटा सेवा रहे पनि कतिपय प्राविधिकले यसलाई भत्काउने उद्देश्यले संशोधनको मुद्दा उठाउँदै आएको जानकारी गराएका थिए ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ८ : ५१ बजे

हर्मुजबारे इरान र कतारबीच तेहरानमा वार्ता

तेहरान- इरान र कतारका उच्च अधिकारीबीच रणनीतिक हर्मुज जलडमरूमध्यको अवस्था तथा

कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतले

भोटेकोसी बाढीपछि उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित

त्रिवि शिक्षण अस्पतालको अहिलेको अवस्था (तस्बिरहरू)

काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रसुवा बाढीमा परेर घाइते भएका,

भोटेकोशी बाढी : बाराका १५ जना सम्पर्कविहीन

बारा– रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका