सांसदहरुले ११ अर्ब ८८ करोड खर्च गर्न पाउने « Khabarhub

सांसदहरुले ११ अर्ब ८८ करोड खर्च गर्न पाउने


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज प्रकाशित कान्तिपुर दैनिकले सातै प्रदेशका सांसदलाई कुस्त बजेट शीर्षकमा समाचार प्रकाशन गरेको छ ।

समाचारमा भनिएको छ– केन्द्रको सिको गर्दै सातै प्रदेशले सांसदका तजबिजीमा खर्च गर्ने गरी बजेट विनियोजन गरेका छन् ।

सबै प्रदेशहरुले बिनियोजन गरेको विकास बजेटको करिब ९ प्रतिशत सांसदहरुको हातबाट खर्च गर्ने गरी रकम छुट्याएका छन् ।

११ अर्ब ८८ करोड ९० लाख रुपैयाँ प्रदेश सांसदहरुले खर्च गर्ने गरि बिनियोजन गरिएको छ । गत वर्ष सांसदलाई प्रदेश निर्वाचन अनुसार बजेट विनियोजन नगरेको गण्डकी प्रदेशले योपटक सांसदहरुलाई बजेट छुट्याएको छ ।

पूर्वाधार विकासलाई लागि उसले ७२ करोड रुपैयाँ विनियोजन गरेको छ । यो रकमका आधारमा एक सांसदलाई एक करोड २० लाख रुपैयाँ पर्न जान्छ । यस्तै एक नम्बर प्रदेशले प्रतिनिर्वाचन क्षेत्र २ करोड ५० लाख रुपैयाँका दरले बजेट छुट्याएको छ ।

प्रदेश २ र ३ तथा सुदूरपश्चिम प्रदेशले प्रतिसांसद ३ करोड रुपैयाँका दरले बजेट बिनियोजन गरेको छ । ५ नम्बर प्रदेशले प्रदेशसभाका सदस्याहरुको सिफारिसमा १० लाखका दरले ६ वटा योजनामा खर्च गर्नेगरि बजेट बिनियोजन गरेको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ६ : ४६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु