युभेन्ट्सको प्रस्ताव सलाहबाट अस्वीकार | Khabarhub Khabarhub

युभेन्ट्सको प्रस्ताव सलाहबाट अस्वीकार


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इजिप्ट तथा लिभरपुलका फरवार्ड मोहमद सलाहले इटालीयन जाइन्ट युभेन्ट्सको प्रस्ताव अस्वीकार गरेका छन् । युभेन्ट्सले १ सय ७० मिलियन युरोको प्रस्ताव गरे पनि उनले उक्त प्रस्ताव अस्वीकार गरेको खुलेको छ ।

यद्यपि सलाहले युभेन्ट्सलाई अर्को सिजनसम्मका लागि सोच्न सकिने भन्दै फर्काएको नाइजेरिएन दैनिक समाचार संस्था ‘पन्च’ले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था मिररले सलाहका लागि रियल मड्रिड र युभेन्ट्स लागि परेको उल्लेख गर्दै उनीमाथि १५० मिलियन युरो देखि १७० मिलियन युरोसम्म खर्च गर्ने क्बल लरहेको समाचर केही दिन अगाडि सार्वजनिक गरेको थियो । तर, सहालहले अझै एक वर्ष च्याम्पियन्स लिगको च्याम्पियन लिभरपुलमै रहने योजना सुनाएका छन् ।

रोमाबाट २०१७ मा लिभरपुल आएपछि २७ वर्षीय सलाहले लिभरपुलका लागि खेलेका १ सय ४ खेलमा ७१ गोल गरेका छन् । उनले लगातार २ सिजन लिभरपुललाई फाइनल पुर्‍याएका थिए भने गएको सिजन टोलीलाई च्याम्पिय बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  १२ : ०५ बजे

काठमाडौंको वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली