सरकारले ल्याएको विधेयकले सुकुम्बासी समस्या समाधान नगर्ने, परिमार्जन गर्न विज्ञहरुको सुझाव | Khabarhub Khabarhub

सरकारले ल्याएको विधेयकले सुकुम्बासी समस्या समाधान नगर्ने, परिमार्जन गर्न विज्ञहरुको सुझाव


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ल्याएको भूमिसम्बन्धि विधेयकले सुकुम्बासी समस्या समाधान नगर्ने भन्दै विज्ञहरुले त्यसमा परिमार्जन गर्न माग गरेका छन् ।

भूमिहीनहरुलाई घरबासको तत्काल व्यवस्था हुने गरी कानून बनाउन पनि विज्ञहरुको माग छ ।

भूमि विज्ञ जगत बस्नेतले भूमिहीनहरुलाई घरबासको तत्काल व्यवस्था हुने गरी कानून निर्माण गर्न सरकारसँग माग गरे ।

भूमिहीनहरुले भोग चलन गर्दै आएको जग्गा उनीहरुले नै प्रयोग गर्न पाउने गरी कानूनी व्यवस्था गरिनुपर्ने उनको भनाइ छ ।

सोमबार संघीय संसदको कृषि, संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमबारको बैठकमा ‘भूमि सम्बन्धि विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले भूमिहीनहरुको समस्या समाधान हुने गरी कानून निर्माण गर्न ढिलाइ गर्न नहुने पनि बताए ।

यस्तै, भूमि तथा सहकारी विज्ञ केशव बडालले भूमिहीनहरुको समस्या अझै समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरे । हिमाल, पहाड र तराईंको उर्भर जमिन बाँझो बस्न नदिने नीति तय गर्नपर्ने बडालको भनाइ छ ।

हिमाल, पहाड र तराईंमा जग्गाको हदबन्दी तोक्दा फरकफरक मापदण्ड अपनाउनुपर्ने उनको भनाइ छ ।

विज्ञहरुले दाङ, बाँके, बर्दियामा रहेका भूमिहीनको समस्या समाधानका लागि बसोबास आयोगले दिएको सुझावलाई कार्यान्वयनमा ल्याउन पनि सरकारलाई सचेत गराएका छन् ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  २ : ३२ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता