एक महिनामा सरकारको खर्च– आर्थिक सहायता र विदेश भ्रमणमा ८ करोड सकियो « Khabarhub

एक महिनामा सरकारको खर्च– आर्थिक सहायता र विदेश भ्रमणमा ८ करोड सकियो



काठमाडौं– सरकारले जेठ महिनामा मात्रै डेढ करोडभन्दा बढि रकम सहायताका नाममा वितरण गरेको छ । अर्थ मन्त्रालयका अनुसार रामेछापकी विमला विश्वकर्मा, स्याङ्जाकी पवित्रा भण्डारीलाई ५–५ लाख र बैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङलाई आर्थिक सहायताका नाममा ३० लाख रुपैयाँ वितरण गरेको छ ।

त्यस्तै झापा विर्तामोडका ध्रुवकुमार सिवाकोटीलाई ३० लाख, मोरङका गोविन्दराम गौतमलाई ५ लाख, नेपालगञ्जका कमलसिंह क्षेत्रीलाई १ लाख, अछामका हिमाल विकलाई ८ लाख र काभ्रेका निलबहादुर बस्नेतलाई ५ लाख रुपैयाँ आर्थिक सहायताका नाममा वितरण गरेको छ । त्यस्तै सिद्धिचरण प्रतिष्ठान काठमाडौँसहित विभिन्न १० जनालाई ५६ लाख रुपैयाँ वितरण गरेको छ ।

सरकारी भ्रमणमा मात्रै ६ करोड स्वाहा

सरकारी कर्मचारीलाई जथाभावी विदेश भ्रमणमा रोक लगाएको सरकारका मन्त्रीहरुले भने विदेश भ्रमणका नाममा जेठ महिनामा मात्रै ६ करोड बढी राज्य कोषबाट खर्च गरेका छन् ।

अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्रीको भियतनाम र कम्बोडिया भ्रमणमा मात्रै २ करोड १२ लाख ८५ हजार २६ रुपैया खर्च भएको छ ।

यस्तै, राष्ट्रपतिको चीन भ्रमणका लागि ३ करोड ९५ लाख ५ हजार ६ सय ३३ रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको दोहा भ्रमणका लागि ७ लाख ४ हजार ७३ रुपैयाँ खर्च गरेका छन् ।

राष्ट्रिय सूचना आयोगका २ जना आयुक्त किरण पोखरेल र यसोदा तिमिल्सिनाको दक्षिण अफ्रीका भ्रमणमा ८ लाख ५१ हजार ३ सय ५० खर्च गरेका अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै मुख्यसचिव लोकदर्शन रेग्मीसहित ४ जना अधिकारीको इजरायल र इजिप्ट भ्रमणका नाममा १३ लाख ५६ हजार ३ सय ५५ रुपैयाँ खर्च भएको छ ।

बजेट बनाउन मात्रै १७ लाख १० हजार

अर्थ मन्त्रालयका अनुसार बजेट बक्तव्य र बजेट पुस्तिका मुद्रणसँगै खटिएका सुरक्षाकर्मी र कर्मचारीका लागि १७ लाख १० हजार रकमान्तर गरिएको छ । त्यस्तै द्वन्द्वपीडितका परिवारलाई राहत रकम वापत् ३९ करोड ६५ लाख ८ हजार ५ सय रुपैयाँ गृह मन्त्रालयलाई रकमान्तर गरिएको छ ।

विराटनगर–इटहरी–धरान सडक आयोजनाका लागि २ अर्ब रुपैयाँ रकमान्तर गरिएको छ । मेची नदीमा रहेको नेपाल भारत जोड्ने पुलका लागि मात्रै २ करोड ६८ लाख रुपैयाँ रकमान्तर गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् कुन शीर्षकमा सरकारले कति खर्च गर्‍यो ? 

प्रकाशित मिति : २ असार २०७६, सोमबार  २ : ४१ बजे

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको

रास्वपा महामन्त्री दौडमा रञ्जुको इन्ट्री, सोबिता उपसभापतिमा लड्ने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको

निशा डाँगीद्वारा सह महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डागीले सहममन्त्रीमा उम्मेदवारी

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडाैं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतन्जली योग विद्यापिठ जग्गा

विराजभक्तले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं – केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपसभापतिमा