सञ्चार मन्त्रालयको खर्च कटौती गर्न प्रस्ताव दर्ता « Khabarhub

सञ्चार मन्त्रालयको खर्च कटौती गर्न प्रस्ताव दर्ता


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद बहादुर सिंह लामाले विनियोजन विधेयकअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि छुट्याइएको खर्च औचित्यपूर्ण नभएको भन्दै कटौती गर्न प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित विधेयकमाथिको छलफलमा सहभागी हुदै सांसद लामाले कार्यकर्ता पोस्ने ढंगले बजेट विनियोजन गरिएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकम कटौती गर्न प्रस्ताव गरेका हुन् ।

मन्त्रालयले भ्रमण भत्तालाई विशिष्ट प्रतिनिधि मण्डल भ्रमण भत्ता समेत गरि २ ओटा शीर्षकमा भ्रमण भत्ता राखिएको भन्दै तात्कालीन राजतन्त्रमा जस्तो व्यवहार देखिएको लामाले टिप्पणी गरे ।

मन्त्रालयका लागि सीप विकास तथा जनचेतना गोष्ठी सम्बन्धी खर्च भनेर कार्यकर्ता पोस्ने काम भएको उनको आरोप छ ।

चालु आर्थिक वर्षमा १ लाख ७० हजार रकम विनियोजन गरिएको सो शीर्षकमा आगामी आर्थिक बर्षका लागि ९ करोड ५० लाख छुट्याइएको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  २ : ५९ बजे

रास्वपा महाधिवेशन : प्रवासमा रहेका प्रतिनिधिले मोबाइल एपमार्फत मतदान गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत प्रवासमा रहेका

स्थायी व्यवस्थापन नभए पुरानै बासस्थानमा फर्किने सुकुम्वासीहरूको चेतावनी

काठमाडौं – होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले

तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत

दमौली– तनहुँका दश वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी