रास्वपा महाधिवेशन : प्रवासमा रहेका प्रतिनिधिले मोबाइल एपमार्फत मतदान गर्ने « Khabarhub

रास्वपा महाधिवेशन : प्रवासमा रहेका प्रतिनिधिले मोबाइल एपमार्फत मतदान गर्ने


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत प्रवासमा रहेका महाधिवेशन प्रतिनिधिहरूले मोबाइल एपमार्फत मतदान गर्ने भएका छन्।

चितवनमा जारी महाधिवेशनमा सहभागी हुन नसकेका विदेशस्थित प्रतिनिधिहरूका लागि डिजिटल मतदानको व्यवस्था गरिएको पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए।

उनका अनुसार मोबाइल एपमार्फत मतदान प्रक्रिया केहीबेरमै सुरु गरिनेछ। प्रवासमा रहेका प्रतिनिधिहरूले सोही माध्यमबाट केन्द्रीय समिति तथा पदाधिकारी चयन प्रक्रियामा आफ्नो मताधिकार प्रयोग गर्न सक्नेछन्।

रास्वपाले प्रवासमा रहेका सदस्य तथा प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्न पहिलोपटक प्रविधिमैत्री मतदान प्रणाली अपनाएको जनाएको छ।

पार्टीका अनुसार विभिन्न देशमा रहेका २०० भन्दा बढी महाधिवेशन प्रतिनिधि मतदान प्रक्रियामा सहभागी हुने अपेक्षा गरिएको छ।

चितवनमा जारी प्रथम महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान प्रक्रिया सञ्चालन भइरहेको छ। पार्टीले देशभित्रका प्रतिनिधिसँगै विदेशमा रहेका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्न मोबाइल एपमार्फत मतदानको व्यवस्था गरेको हो।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  २ : २४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र