रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै « Khabarhub

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि आजै निर्वाचन हुने भएको छ।

पार्टीका प्रवक्ता मनिष झाले केन्द्रीय सदस्यहरूको निर्वाचन परिणाम सार्वजनिक भएपछि अपराह्‍न ४ बजेदेखि पदाधिकारी पदका लागि मतदान प्रक्रिया सुरु हुने जानकारी दिए ।

पार्टी विधानअनुसार पदाधिकारी पदमा उम्मेदवारी दिन केन्द्रीय सदस्यमा निर्वाचित भएको हुनुपर्ने व्यवस्था छ। त्यसैले केन्द्रीय सदस्यको नतिजापछि मात्रै पदाधिकारीको निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

रास्वपाको विधानमा कुल १९ पदाधिकारी रहने व्यवस्था छ। तीमध्ये केही पदाधिकारी निर्वाचनमार्फत चयन हुनेछन् भने बाँकी पदाधिकारी सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ।

महाधिवेशनमा छ पदका लागि निर्वाचन हुने जनाइएको छ। जसअनुसार एक महिला उपसभापति, एक खुला उपसभापति, एक खुला महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि मतदान हुनेछ।

पार्टी नेतृत्व चयनको महत्वपूर्ण चरण मानिएको पदाधिकारी निर्वाचनका लागि उम्मेदवारहरू आन्तरिक तयारीमा जुटेका छन्। 

केन्द्रीय सदस्यको अन्तिम परिणाम आएपछि पदाधिकारी पदका आकांक्षीहरूले उम्मेदवारी दर्ता गर्ने र त्यसपछि मतदान प्रक्रिया अघि बढ्ने निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  २ : ०० बजे

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय