नेयमारलाई छाड्न चित्तबुझ्दो रकमको पर्खाइमा पीएसजी « Khabarhub

नेयमारलाई छाड्न चित्तबुझ्दो रकमको पर्खाइमा पीएसजी


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यतिबेला फुटबल क्लबहरुले विभिन्न क्लबबाट राम्रा–राम्रा खेलाडी आफ्नो क्लबमा आबद्ध गर्न सरुवा बजार खुल्ला छ । यस्तैमा क्लबहरुले खेलाडी तथा प्रशिक्षक आफ्नो टोलीमा आबद्ध गर्दै आइरहेका छन् । यसमा ब्राजिलका तथा पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार फरवार्ड नेयमार पनि यसबाट अछुतो रहन सकेका छैनन् ।

पटक-पटक चोटका कारण टिमबाट बाहिर पर्ने गरेका नेयमारको भविष्यलाई लिएर पनि सरुवा बजारमा उनको चर्चा भइरहेको छ । केही समयअगाडि मात्रै सार्वजनिक एक रिपोर्टले नेयमारको सरुवा बजारको मूल्यमा ९० मिलियन युरोको हाराहारीमा घटेको जनाएको थियो ।

यही क्रममा पीएसजीले उनलाई राम्रो मूल्य पाए छाड्न तयार रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताउँदै आएका छन् । यस्तै, स्पेनिस समाचार संस्था मार्काका अनुसार नेयमारका लागि पीएसजीले आफुलाई सन्तुष्ट हुने मूल्य पाए क्लबबाट फुकुवा गर्ने उल्लेख गरेको छ ।

रियल मड्रिडले आक्रामक रुपमा विभिन्न क्लबहरुबाट खेलाडी भित्र्याइरहँदा नेयमारलाई रियलले लिन सक्ने आँकलन भइरहेपनि रियलले अहिलेसम्म आधिकारीक रुपमा आफ्नो विचार सार्वजनिक गरेको छैन ।

तर, पनि युवा स्टार नेयमारलाई क्लबमा भित्र्याउन सक्ने सम्भावना बलियो रहेको स्पेनिस क्लबहरुले अनुमान लगाउँदै आएका छन् ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ४ : २१ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको