असंलग्न परराष्ट्रनीति स्पष्ट नहुँदा जनता दोधारमा परे : सांसद शर्मा « Khabarhub

असंलग्न परराष्ट्रनीति स्पष्ट नहुँदा जनता दोधारमा परे : सांसद शर्मा


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दलका सांसद जनार्दन शर्माले बजार नियन्त्रित अर्थतन्त्रको नाममा सबै बजारलाई छाडा छोड्ने काम भएको भन्दै सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित विधेयक २०७६ माथिको छलफलमा सहभागी हुँदै सांसद शर्माले विश्वव्यापिकरणलगायतका नाममा सबै बजार छाडा छाड्ने काम भएको भन्दै अनुगमन, नियन्त्रण र नियमन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराए । उनले अखाद्य वस्तु आयातमा रोक लगाउन पनि माग गरे ।

उनले संञ्चार मन्त्रालयलाई नेपाल टेलिकमको सेवा गुणस्तरीय बनाउन आग्रह गरे । प्रविधिको नाममा ग्राहकलाई दुःख दिने काम बन्द गर्न आग्रह गर्दै विकल्पको खोजी गरी समस्या समाधान गर्न सुझाएका छन् । फ्रिक्वईन्सी बाँडफाँडबारे समय–समयमा चर्चा हुने गरेको भन्दै उनले नेपाल टेलिकम जस्तै अर्को सरकारी संस्था बनाउन सरकारलाई सुझाव दिए ।

उनले असंलग्न परराष्ट्रनीतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए । असंलग्न परराष्ट्रनीति स्पष्ट नभएकाले जनता दोधारमा परेको भन्दै सरकारको दृष्टिकोण स्पष्ट पारिनुपर्ने तर्क उनको थियो । कतै पनि नढल्किईकन दृढतापूर्वक राष्ट्रिय हितमा उभिनुपर्नेमा उनले जोड दिए । विभिन्न देशका लागि नियुक्त गरिएका राजदुतले गर्ने काम, कर्तव्य र अधिकार तथा नियुक्तिको मापदण्डमा ध्यान पु¥याउन सरकारको ध्यानाकर्षण गराए । नेपालस्थित विभिन्न मुलुकका राजदुतहरुले नेपालको शान्ति प्रक्रियाका बारेमा बोल्दा पनि त्यसबारे परराष्ट्रमन्त्रालयले कुनै प्रतिक्रिया नजनाएको भन्दै उनले त्यसतर्फ मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

उनले भने ‘नेपालस्थित विभिन्न मुलुकका राजदुतहरुले नेपालको शान्ति प्रक्रियाका बारेमा बोल्नुभयो । यसबारेमा परराष्ट्रले के गर्यो खै ? हामीले केही जानकारी पाएनौँ । परराष्ट्रलाई केही थाहा छ कि छैन ? उहाँहरु त्यसरी बोल्ने हो कि होइन ? कसलाई हामी थुन्छौ कसलाई हामी के गर्छौ भनेर भन्न पाईन्छ कि पाईदैन ? यसको बारेमा के ग¥यो परराष्ट्रले जनताले थाहा पाउनुपर्दैन त्यो कुरा ? ”

नेपाल कुनै देशको निर्देशनमा नचल्ने भन्दै उनले विदेशी कुटनीतिज्ञहरुबाट हुने हस्तक्षेपकारी कार्य रोक्न माग गरे ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ५ : ०८ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट