जुम्लाको गुठीचौर जग्गा प्रकरण– १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

जुम्लाको गुठीचौर जग्गा प्रकरण– १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जुम्लाको गुठीचौर गाउँपालिकास्थित गुठीचौर भेठा तथा बाख्रा फर्म रहेको ५ सय ९० रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बाँडफाँट गर्नेविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मालपोत कार्यालय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख गोबिन्द प्रसाद न्यौपानेसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले न्यौपानेविरुद्ध ४५ लाख रुपैयाँ बिगो तथा जरिवाना र कैद सयाज मागदावी गरेको छ ।

यस्तै मालपोत कार्यालय जुम्लाका तत्कालीन खरिदार (हाल मालपोत कार्यालय चावहिलका नायव सुब्बा) विजय शर्मा न्यौपाने, तत्कालीन भेडा तथा बाख्रा अनुसन्धान कार्यालय गुठीचौरका प्रमुख यमुना कुमार श्रेष्ठविरुद्ध पनि ४५ लाख रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय मागदावी गर्दै मुद्दा दायर गरेको छ ।

अख्तियारले आफ्नो नाममा जग्गा दर्ता गर्नेहरु क्रमशः हरिहर न्यौपानेविरुद्ध २ लाख २५ हजार, मुनिश चन्द्र न्यौपानेविरुद्ध ३ लाख, मायालाल न्यौपानेविरुद्ध ३ लाख, विष्णु न्यौपानेविरुद्ध ४ लाख ९५ हजार, विष्णु ऋषि न्यौपानेविरुद्ध ३ लाख, विष्णुलाल न्यौपानेविरुद्ध ३ लाख, पार्वती न्यौपानेविरुद्ध ५ लाख २२ हजार, नव ऋषि न्यौपानेविरुद्ध ३ लाख, देवेन्द्र प्रसाद उपाध्यायविरुद्ध १ लाख ९९ हजार ९ सय ५० बिगो तथा जरिवाना र कैद सजाय मागदावी गरेको छ ।

यस्तै जग्गा खरिद गर्नेहरु जानकी दत्त देवकोटाविरुद्ध ३० हजार, गोमा न्यौपानेविरुद्ध ५ लाख २७ हजार २ सय ५०, केशवराज न्यौपानेविरुद्ध २ लाख २५ र कविदत्त न्यौपानेविरुघ ३ लाख रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरिएको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ५ : २३ बजे

कस्तो रहला आज रातिको मौसम ?

काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न भू-भागमा

रसुवा बाढीका कारण १० प्रतिशत विद्युत् क्षमता प्रभावित

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

काठमाडौं – रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास

रसुवा बाढीमा फेसका ११४ जनाको हवाई उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी : जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना