जुम्लाको गुठीचौर जग्गा प्रकरण– १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता | Khabarhub Khabarhub

जुम्लाको गुठीचौर जग्गा प्रकरण– १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जुम्लाको गुठीचौर गाउँपालिकास्थित गुठीचौर भेठा तथा बाख्रा फर्म रहेको ५ सय ९० रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बाँडफाँट गर्नेविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मालपोत कार्यालय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख गोबिन्द प्रसाद न्यौपानेसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले न्यौपानेविरुद्ध ४५ लाख रुपैयाँ बिगो तथा जरिवाना र कैद सयाज मागदावी गरेको छ ।

यस्तै मालपोत कार्यालय जुम्लाका तत्कालीन खरिदार (हाल मालपोत कार्यालय चावहिलका नायव सुब्बा) विजय शर्मा न्यौपाने, तत्कालीन भेडा तथा बाख्रा अनुसन्धान कार्यालय गुठीचौरका प्रमुख यमुना कुमार श्रेष्ठविरुद्ध पनि ४५ लाख रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय मागदावी गर्दै मुद्दा दायर गरेको छ ।

अख्तियारले आफ्नो नाममा जग्गा दर्ता गर्नेहरु क्रमशः हरिहर न्यौपानेविरुद्ध २ लाख २५ हजार, मुनिश चन्द्र न्यौपानेविरुद्ध ३ लाख, मायालाल न्यौपानेविरुद्ध ३ लाख, विष्णु न्यौपानेविरुद्ध ४ लाख ९५ हजार, विष्णु ऋषि न्यौपानेविरुद्ध ३ लाख, विष्णुलाल न्यौपानेविरुद्ध ३ लाख, पार्वती न्यौपानेविरुद्ध ५ लाख २२ हजार, नव ऋषि न्यौपानेविरुद्ध ३ लाख, देवेन्द्र प्रसाद उपाध्यायविरुद्ध १ लाख ९९ हजार ९ सय ५० बिगो तथा जरिवाना र कैद सजाय मागदावी गरेको छ ।

यस्तै जग्गा खरिद गर्नेहरु जानकी दत्त देवकोटाविरुद्ध ३० हजार, गोमा न्यौपानेविरुद्ध ५ लाख २७ हजार २ सय ५०, केशवराज न्यौपानेविरुद्ध २ लाख २५ र कविदत्त न्यौपानेविरुघ ३ लाख रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरिएको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ५ : २३ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

नागरिक उड्डयन र हवाई सेवा प्राधिकरण विधेयक कुनै संस्था टुक्र्याउन होइन : मन्त्री पाण्डे

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणलाई

कोशीका गोठ रित्तै !

चतरा (सुनसरी) – समयान्तर विश्लेषण गर्नुपर्दा एउटा आहान कोशी किनाराका

आन्तरिक पर्यटकको रोजाइमा दाङको कुलपानी हरित उद्यान

दाङ– दाङको गढवा गाउँपालिका– १ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क)

वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक