पोग्वा म्यान्चेस्टर युनाइटेड छाड्ने सोचमा पुगेका हुन् ? « Khabarhub

पोग्वा म्यान्चेस्टर युनाइटेड छाड्ने सोचमा पुगेका हुन् ?


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

व्यवसायिक भ्रमणका क्रममा जापान पुगेका म्यान्चेस्टर युनाइटेडका स्टार खेलाडी पाउल पोग्वाले नायाँ चुनौति मोल्ने समय आएको बताएका छन् । उनको यस्तो अभिव्यक्तिलाई पोग्वाले युनाइटेड छाड्ने संकेतका रुपमा हेरिएको छ ।

त्यसो त हरेक सिजनमा उनलाई स्पेनिस महारथी रियल मड्रिडसँग जोडेर हेर्ने गरिएको छ । जहाँ जिनेदिन जिदानले टिमको नेतृत्व गरीरहेका छन् र उनले पोग्वालाई क्लबमा लिन सक्ने चर्चा पनि चल्दै आएको छ ।

‘यो सिजनपछि सबै कुरा जे–जे भयो त्यो मेरा लागि सबैभन्दा राम्रो बन्यो । मलाई लाग्छ मेरा लागि यो समय ठीक छ । जहाँ भए पनि नयाँ चुनौतिका लागि यो समय ठीक छ,’ पोग्वाले भने, ‘जहाँ भए पनि चुनौति मोल्नेबारे सोचिरहेको छु ।’

पोग्वाले तीन वर्षको अवधिमा युनाइटेडमा रहँदा केही राम्रा क्षण रहे भने केही नमिठा क्षणको सामना गर्नु परेको भन्दै क्लब छाड्ने संकेत गरेका छन् ।

युनाइटेडले गएको सिजनमा इङ्ग्लिस प्रिमियर लिगमा शीर्ष ६ मा स्थान बनाउँदै सिजनको अन्त्य गरेको थियो । त्यो क्रममा पोग्वा र क्लबबीच असमझदारी रहेको पनि सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ६ : १४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन