भारतीय सवारीलाई निर्वाध चल्न दिएको सम्बन्धमा गृहको स्पष्टिकरण « Khabarhub

भारतीय सवारीलाई निर्वाध चल्न दिएको सम्बन्धमा गृहको स्पष्टिकरण


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय सवारी साधानमाथि हुने गरेको चेकजाँचलाई लिएर बाहिर फिजाइएको गुनासाका सम्बन्धमा गृह मन्त्रालयले आफ्नो ध्यानकर्षण भएको जनाएको छ ।

उद्योगमैत्री वातावरण सिर्जना गर्नका लागि मालबाहक भारतीय गाडीलाई निर्वाध आवागमन गर्न दिन पत्राचार गरिएको गृह मन्त्रालयको दाबी छ । कुनै मालवाहक सवारी साधानमा गैरकानूनी ओसारपसार भएको आशंकामा भने नेपाल प्रहरी वा सशस्त्र प्रहरी बललगायत अन्य सम्बद्ध निकायहरुले जुनसुकै समय र स्थानमा चेकजाँज गर्न सक्ने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

सोमबार गृह प्रवक्ता सह-सचिव रामकृष्ण सुवेदीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रस्तुत परिपत्र नेपाल प्रवेशपछि सडकमा गुड्ने क्रममा हुने गरेको दुःख हैरानीका सम्बन्धमा आएका गुनासालाई सम्बोधन गर्ने प्रयोजनका लागि मात्र भएको हो ।’

उनले कुनै व्यवसायीप्रति आग्रह र पूर्वाग्रह नराखिएको उल्लेख गर्दै सबै प्रकारका मालवहाक ढुवानीका साधनबाट औद्योगिक कच्चा पदार्थ उद्योगसम्म निर्वाधन आवागमन गरी उद्योगमैत्री वातावरण तयार गर्न स्थानीय प्रशासनलाई पत्राचार गरिएको पनि बताएका छन् ।

यसअघि २ जेठमा भारतीय सवारी साधनलाई निर्वाध चल्न दिन झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको स्थानीय प्रशासनलाई पत्राचार गरिएको थियो ।

मन्त्रायलको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाका अधिकृत दीपक पौडेलले हस्ताक्षर गरेको पत्रमा भनिएको थियो, ‘नियामक निकायको समन्वय र अनुरोधविना क्षेत्राधिकार विपरित रोक्ने, दुःख हैरानी दिने कार्य काहीँ कतैबाट नगर्न, नगराउनु हुन गृहमन्त्री स्तरीय निर्णयानुसार अनुरोध छ ।’

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ६ : ५८ बजे

रास्वपा महाधिवेशन : प्रवासमा रहेका प्रतिनिधिले मोबाइल एपमार्फत मतदान गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत प्रवासमा रहेका

स्थायी व्यवस्थापन नभए पुरानै बासस्थानमा फर्किने सुकुम्वासीहरूको चेतावनी

काठमाडौं – होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले

तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत

दमौली– तनहुँका दश वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी